Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

लोकतन्त्रमा लोकको मुख थुृनियो

०८ बुधबार , चैत्र २०७९२ बर्ष अगाडि

लोकतन्त्रमा संविधानले नै वाक तथा प्रकाशन स्वतन्त्रताको प्रत्याभूति गरेको छ । तर मिटरव्याजीलाई कारवाही गर, कृषकमारा नीति मूर्दावाद भन्ने युवाहरुलाई प्रधानमन्त्रीकै सामुन्ने मुख थुनियो, लछारपछार पारियो, पक्राउ गरेर यातना दिइयो । अब मुद्दा चलाइने निर्णयमा सरकार पुगेको छ ।
यस सम्बन्धमा भीम रावलको टिप्पणी छ– जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, सँस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने ! यस्तो कुबुध्दि कसले सिकायो ? राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिमला राईले संसदमै मुद्दा उठाइन, मुख थुन्न पाइन्छ सरकार भनेर प्रश्न गरिन् ।