Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

जे चाहिए दिन्छौं, दरखास्त देउ

०२ सोमबार , कार्तिक २०७२११ बर्ष अगाडि

चीनका राजदूत ऊ चुन्ताईले खुलेरै भनिदिए– नेपाल सरकारले आधिकारिक पत्र लेखे चीनले नेपाललाई जे चाहिन्छ त्यही सहयोग गर्न तैयार छ। अर्थात् नेपालले दरखास्त हाल्छ भने चीन जस्तोसुकै सहयोग गर्न तैयार छ। नेपालले पेट्रोलियम पदार्थ आपूर्तिको ग्लोबल टेण्डर आह्वान गर्‍यो, ४० टेण्डरलाई आशयपत्र भनेर टेबुलमा थन्क्याएर राखेको छ। यसको अर्थ भारत रिसाउँछ कि भन्ने नै हो। हुन पनि जति सहज र स्वभाविक रुपमा भारतबाट आपूर्ति हुनसक्छ, त्यति सहज चीनबाट सम्भव नै छैन। तथापि विकल्प तैयार नगर्ने हो भने पछि पछि पनि भारतले नाकावन्दी लगाउन सक्छ। तातोपानी र केरुङ नाका खुलिसक्यो, चीनले पेट्रोलियम पदार्थ सीमापारी ल्याएर नेपालले माग्ला र पठाउँला भनेर पर्खेको छ। तर नेपालले भारतलाई जी हजूरी गर्दा पनि भारत टसमस भइरहेको छैन। कस्तो आश्चर्य?