Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रधानसेनापतिको सुरक्षाबारेको चिन्तन

०६ सोमबार , चैत्र २०७९३ बर्ष अगाडि

धानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षाका क्षेत्र थप व्यापक छः भएको बताएका छन् । राष्ट्रिय सुरक्षा सुनिश्चित र राष्ट्रयहित प्रवर्धन गर्ने उद्देश्ले रक्षा मन्त्रालय र नेपाली सेनाले विभिन्न मन्त्रालय, निकाय र सुरक्षा सङ्गठनका नीति तर्जुमा तहमा रहने माथिल्लो अधिकृतका लागि शवपुरीस्थित सैनिक कमान्ड एन्ड कलेजमा आयोजित आठौँ समूहको उक्त १५ दिने तालिममा सहभागी उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धमा उनले सुरक्षाबारे यस्तो धारणा व्यक्त गरेका हुन् ।
प्रधानसेनापतिले रूस–युक्रेन युद्धले विश्वमा सैनिक शक्तिको महत्व बढेको बताए । उनले दिगो आर्थिक समुन्नतिका लागि सुरक्षित वातावरण अपरिहार्य रहेको भन्दै  गैर परम्परागत सुरक्षा चुनौतीहरू बढेको र सामना गर्ने उपयुक्त विकल्पहरूको खोजी हुनु स्वभाविक हो भन्ने निष्कर्ष सुनाएका थिए । साथै नेपालको राष्ट्रिय सुरक्षाका चुनौतीहरूको सम्भावित प्रभाव अनुमान गर्दै त्यसलाई सामना गर्न राष्ट्रिय सुरक्षा नीतिमा पनि जोड दिएका थिए ।  १५ चैतसम्म सञ्चालन हुने सुरक्षा तालिममा विभिन्न सुरक्षा सम्बन्धि निकायका ३० बरिष्ठ अधिकारी सहभागी छन् ।