काठमाडौं । यद्यपि सभामुखले आफ्ना भनाइ सच्याएका छन् । तथापि आफूलाई बधाई दिन आएका पत्रकारकै सामु पत्रकारहरू बिक्रीमा रहेको सभामुख देवराज घिमिरेको टिप्पणीपछि संसदमा समेत कुरा उठेको छ । पत्रकारहरू आन्दोलित हुनथालेका छन् । सभामुखको अभिव्यक्ति खेदजनक रहेको भन्दै महासंघले सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ । सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर विग हाउसहरूले प्रभावित पारिरहेको भन्दै मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको अभिव्यक्ति दिएका थिए । उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर, राम्रो ऐन, कानुन निर्माणका लागि राम्रो भूमिका निर्माण गर्न सक्ने भनेका थिए गराए ।