Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

एम्बुलेन्सको दुरुपयोग किन ?

०२ बिहिबार , चैत्र २०७९३ बर्ष अगाडि

 बिरामी ओसारपसारको सजिलो माध्यम हो एम्बुलेन्स । बिरामी ओसारपसार गर्ने भएकै कारण एम्बुलेन्सलाई सडक प्रयोगमा प्राथमिकता दिईन्छ । त्यसैले एम्बुलेन्समा सुरक्षा चेकजाँँचसमेत हुदैँन  । 

तर पछिल्लो समय यहि अवस्थाको फाईदा उठाएर एम्बुलेन्सको दुरुपयोग हुन थालेको छ । अचेल एम्बुलेन्सकै सहायतामा गाँजालगायत लागु पदार्थ ओसारपसार हुन थालेको छ । यसरी महत्वपूर्ण साधनको दुरुपयोग बढ्दै जाने हो भने नेपालमा विकासले गति कहिले लिने ? 

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा अनुगमनको क्रममा एम्बुलेन्स दुरुपयोग वा मापदण्ड अनुसार सेवा नदिएको पाइएमा एक पटकलाई सचेत गराउने भनिएको छ । तर दोस्रो पटक पनि दुरुपयोग गरेमा वा मापदण्ड अनुसार नचलेमा सम्झौता गरेको अस्पताललाई हस्तान्तरण गरी एम्बुलेन्स संचालन गर्ने र दुईभन्दा बढी पटक दुरुपयोग गरेमा वा मापदण्ड अनुसार नचलेमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सल्लाहका आधारमा राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको सिफारिसमा राष्ट्रिय एम्बुलेन्स निर्देशक समितिले उक्त एम्बुलेन्सको सञ्चालन अनुमति खारेज गर्ने उल्लेख छ ।

देशभर सञ्चालनमा रहेका एम्बुलेन्स सिस्टममा नआएको खण्डमा कारणका आधार अनुसार थप कारवाही होला त ?