Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाल प्याजमा आत्मनिर्भर कहिले हुने ?

०२ बिहिबार , चैत्र २०७९२ बर्ष अगाडि

 काडमाडौँ – प्याज खेती एक सहज खेती हो । योरै मेहनत मै पनि प्याज खेती गर्न सकिन्छ ।

यद्यपि नेपालमा वार्षिक अर्बाैं रुपैयाँको प्याज आयात हुने गरेको छ । तर बेला–बेला  भारतले प्याज निर्यातमा रोक लगाउँदा नेपालमा प्याजको हाहाकार हुने गर्छ ।
नेपालमा कात्तिकदेखि वैशाखसम्मको समयलाई प्याज खेतीको योग्य समय मानिन्छ । तर साउनदेखि कात्तिकका बिचमा बेमौसमी सिजनमा पनि भारतका ८ देखि १२ राज्यका किसानले प्याज खेती गर्छन् । नेपाली भान्सामा पाक्ने हरेक परिकारको लागि प्याज एक महत्वपूर्ण र स्वादिलो मानिन्छ । त्यसैले प्याजको आयत र खपत बढि भएको पाईन्छ ।

नेपालमा पछिल्लो करिब साढे ५ बर्षमा  २९ अर्ब ९३ करोड ८१ लाख ६१ हजार रुपैयाँको प्याज आयात भएको केन्द्रीय भन्सार विभागको तथ्याङ्कले जनाएको छ ।  सरकारले आर्थिक बर्ष ०६३ \ ०६४ मै पाँच बर्षसम्म प्याजमा आत्मनिर्भर हुने लक्ष्य राखेर कार्यक्रम सञ्चनलन गरेको थियो । तराईदेखि मध्य पहाडसम्म प्याजको खेती गर्ने सम्भावना पनि किसानलाई सिँचाई, अनुदान कार्यक्रम सञ्चालन गर्न नसक्दा नेपाल १६ वर्षमा पनि प्याजमा आत्मनिर्भर हुन सकेको छैन । 

तर विडम्बना न नेपाल प्याजमा आत्मनिर्भर भयो, न उत्पादनको क्षेत्रफल नै बढाउन सक्यो । उल्टै आयातको परिमाण बढ्दै गएको छ ।