Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

दूधको भाउ बढ्यो, किसानलाई कति ?

०१ बुधबार , चैत्र २०७९२ बर्ष अगाडि

पछिल्लो समय दूधको मूल्य ह्वात्तै बढेको छ ।

दुग्ध विकास संस्थान (डिडिसी) ले आजदेखि दूधको खुद्रा मूल्य एक लिटरमै  १६ रुपैयाँसम्म बढाइएको हो । यसअघि सरकारले किसानको दूध खरिदमा प्रतिलिटर १० रुपैयाँ ४० पैसा बढाएको बताएको थियो । दूधको मूल्य बढेसँगै किसानलाई सहज हुने देखिएको छ । 

पहिले प्रतिलिटर ८६ रुपैयाँमा बिक्रि गरिएको निलो प्याकेटको दूध आजदेखि ९७ रुपैयाँ कायम भएको छ । यो सँगै निलो प्याकेटको दूधमा प्रतिलिटर ११ रुपैयाँ बढेको  हो । संस्थानले बिक्री गर्दै आएको गाईको दूध १४ रुपैयाँले बढाएर ११६ पु¥याईएको छ ।  त्यस्तै हरियो प्याकेटको दूध प्रतिलिटर १६ रुपैयाँले बढाएर १३० रुपैयाँ भएको छ ।

चिया दूधको मूल्यमा प्रतिलिटर १० पु¥याएसगैँ किसानलाई १०,उपभोक्तालाई १६ र बिचौलियालाई ६ रुपैयाँ भाग लाग्ने छ ।