Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

रोटरीले बालिकामैत्री शौचालय बनाउने

०१ बुधबार , चैत्र २०७९२ बर्ष अगाडि

री इन्टरनेशनल डिष्ट्रिक ३२९२ ले यस बर्ष एक हजार बालिकामैत्री शौचालय बनाउने लक्ष्य राखेको जनाउ दिएको छ । गभर्नर जितेन्द्र राज भण्डारीले महिला शिक्षालाई बलियो बनाउनका लागि बिभिन्न बिद्यालयमा सरकारसंग समन्वय गरेर एक हजार बालिकामैत्री शौचालय बनाउन लागेको बताए । गत मंगलबार राजभण्डारीले बिगत ४० बर्षदेखि सरकारसंग पोलियो उन्मुलनका लागि सहकार्य गर्दै आएको रोटरीले यसवर्ष यो नयाँ लक्ष्य राखेको बताए । अहिले पनि बिभिन्न स्थानमा पोलियोसम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्दै आएको भन्दै वातावरणलाई जोगाउनका लागि बृक्षारोपण देखि अन्य कार्यक्रम गरेको र गरिरहने पनि बताए । राजभण्डारीले डिष्ट्रिक ३२९२ ले मार्च १७ र १८ मा राष्ट्रिय सम्मेलन गर्ने र रोटरी कार्यक्रम गर्ने निर्णय गर्ने भनेका छन् । सम्मेलनमा अमेरिकाका राजदूत डिन थोम्प्सनलाई निम्त्याएको थाहा भएको छ । स्मरणीय छ, नेपाल र भुटानमा क्रियाशिल रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ मा १५५ क्लव ६ हजार रोटरियन रहेका छन् ।