काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मृत्युदण्डको पक्षमा जानु नहुने सुझाव दिएका छन् ।
काठमाडौंमा मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेश्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले खुकुरी बन्दुकको आडमा मानव अधिकार आयोगलाई घेराबन्दी गर्ने र तर्साउने काम भएको बताउनुभएको हो । अहिलेको अवस्थामा मानवअधिकारप्रति समर्पित, इमान्दार एलाईन्स हुनुपर्ने बताउनुभयो । ओलीले अहिले पनि मानवअधिकारबिरोधी काम भइरहेको भन्दै मानव अधिकारको पक्षमा काम गर्ने मानव अधिकार आयोगले गम्भीरताका साथ लाग्नुपर्ने बताएका छन् । ओलीले अनेक ठाउमा मृत्युदण्ड जस्तो सजाय रहेको नेपालमा पनि त्यसको बहस हुने भन्दै उहाले नेपालमा मृत्युदण्डको व्यवस्था गर्न नहुने धारणा राखेका हुन् ।