Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कर्णालीमा सरकार कहिले पुग्ने ?

३० मंगलबार , फाल्गुण २०७९२ बर्ष अगाडि

नेपालको विकास निमार्णमा सबैभन्दा कम मात्रामा ध्यान दिईएको प्रदेश हो सुदुरपश्चिम क्षेत्रको कर्णाली प्रदेश ।

यहाँका मानिसले बर्षाकै कारणले बाढीपहिरोबाट विस्थापित भएर जीवनयापन गरिरहेका छन् । यहाँ बासिन्दाले जति नै हिउँद वर्षा गएपनि अहिलेसम्म उचित राहत पाएका छनैन् न पुनःस्थापनाकै कुनै टुंगो लागेको छ । व्यवस्थित बासस्थान अभावमा जेनतेन सिंगै हिउँद गुजारेका उनीहरूलाई फेरी वर्षाको पीर छ ।

स्थायी बसोबासकै प्रबन्ध नमिल्दासम्म उनीहरूका लागि अस्थायी बासस्थानकै पनि अलि गतिलो व्यवस्था आवश्यक देखिन्छ । तर, हातमुख जोड्न सकस बेहोरिरहेका उनीहरू आफैं यो व्यवस्था मिलाउन अक्षम छन । अतः, यो अवस्थामा कर्णाली प्रदेशमा सरकारको ध्यान कहिले जाने ? सरकारले पीडितहरूलाई अविलम्ब राहत रकम कहिले उपलब्ध गराउने ?

सरकारले उल्लेख्य सहयोग नगर्ने हो भने हातमुख जोड्नै सकसपूर्ण अवस्थामा रहेका उनीहरूको कष्ट अझै लम्बिँदै जाने निश्चित छ ।

दश वटा जिल्लाहरु समेटेको कर्णली प्रदेसको समृद्धिमा जल जमिन र जडिबुटिले महत्पपुर्ण हिस्सा ओगटेका छन् । यहाँ जलविद्युत उत्पादनका क्षेत्रमा विकास गर्न सकिने थुपै्र आधार छन् । हुम्ला हुदैँ बग्ने कर्णली नदि, डोल्पा हुदैैँ बग्ने भेरी नदि र जुम्ला हुदैँ बग्ने पिना नदिको पानीको उपयोग गरेर यस प्रदेशलाई विधुतहवको रुपमा विकास गर्न सकिन्छ । तर यि सबैमा सरकारो ध्यान कलिले जाने ? 

नेपालको ईतिहास, नेपाली भाषको उत्पत्ती र सस्कृतीलाई विशेष योगदान पुविभिन्न सामाजिक प्राकृतिक कुप्रथाले तथा कुसंस्कारले पनि गाँजेको कर्णालीलाई उकास्न आवश्यक छ   । यहाँ बालविवाह, बहुविवाह, छाउपडि प्रथा, जातिय छुवाछुत , लैङ्गिक विभेद र बोक्सी प्रथा जस्ता सामाजिक कु–संस्कारले जरा गाडेको छ । यहाँ दिनहुँ जस्तो यस्ता कु–संस्कारबाट हजारौँ मानिस पिडित भएको छन् । कर्णाली प्रदेशमा अशिक्षा र अन्धविश्वासकै कारण यो सब हुन पुगेको हो । महिला सशक्तिकरणले कर्णालीलाई कहिले छुने ? कि यहाँका मानिसले यो पिडा भोगि नै रहनुपर्ने हो ?