Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

जाजरकोटमा अन्त्य हुदैँ बालविवाह

३० मंगलबार , फाल्गुण २०७९३ बर्ष अगाडि

  नेपालको अधिकांश क्षेत्रमा जरा गाडेर बसेको कुप्रथा जाजरकोटमा भने अन्त्य हुने देखिएको छ  ।

जाजरकोटको स्थानीय तहका प्रमुखहरुले पाँच बर्षभित्र बालबिबाह अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाभित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह, बाल श्रम जस्ता अपराधजन्य घटनाको अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखहरुले २०२७ सम्म जिल्लालाई यसबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

आठ बुँदे साझा प्रतिबद्धता व्यक्त गर्दै बालबालिकाका माथि हुने सबै खालका हिंसासमेत अन्त्यका लागि पालिका प्रमुखहरुले प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्लाका सरोकारवालाको संयुक्त बैठकमा साझा धारणा बनाई २०२७ सम्म लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा हस्ताक्षर समेत भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास अभियान लगायतका अन्य सङ्घ संस्थाको सहयोगमा उक्त अन्तक्र्रिया भएको थियो। 

जाजरकोटमा जस्तै अन्य ठाउँमा पनि बालबिबाहको अन्त्य कहिले हुन्छ ? सम्बधित निकायले यस बारे कहिले ध्यान दिने ? प्रशासन कार्यालय, सेभ द चिल्ड्रेनलगायतका अन्य सङ्घ संस्थाहरु अरु ठाउँमा पनि पुग्लान त ?