Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

योग्य उपराष्ट्रपति को ?

२९ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

 निर्वाचन आयोगले दिएको समयावधिसम्म ३ उम्मेदवार कायम भएका छन् ।

जसपापका २ मध्ये एकले फिर्ता लिएपछि आगामी ३ गते ३ उमेदवारवीच चुनाव हुनेछ । गठबन्धन कायम रहेमा जसपाका रामसहाय यादव उपराष्ट्रपति बन्नेछन् । त्यसो त सबैभन्दा योग्य उमेदवारका रुपमा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य जनजाति, महिला, जुझारु र संघर्षशील मानिएकी छिन् । तर गठबन्धनको मतभारका कारण उनको उमेदवारी देखाउनका लागि मात्र हुनेजस्तो अवस्था छ ।

विश्लेषकहरु भन्छन्– प्रचन्डभित्र राष्ट्रिय सहमति मनै देखि आएको हो भने राष्ट्रपति संसदको ठूलो दललाई दिनु ठिक हो । उपराष्ट्रपती संसदको दोस्रो दललाई दिएर बोलेको वचन पुरा गर्ने छन् । बाग्मती प्रदेशमा शाक्य नेकपाभित्र सबैभन्दा सिनियर प्रदेश सभा सदस्य थिइन् ।

पार्टीमा ज्येष्ठताका हिसाबले मात्र होइन, राजनीतिक सक्रियता र प्रखरताका हिसाबले पनि उनी अग्रपंक्तिमा छिन् ।