हालै अमेरिकाको क्यालिफोर्नियामा मानव तस्करले उपयोग गरेको डुंडा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा पर्नेहरुमा नेपाली रहेको आशंका छ, बिस्तृत कुनै समाचार आएको छैन ।
पछिल्लो समय नेपालमा मानव बेचबिखन तथा ओसारपसारका घटना दिनहुँ बढ्दै गएका छन् । मुलुकका प्रमुख नाका वा सीमानामा यस्ता घटना निरन्तर हुने गरेको पाइएको छ ।
प्रायजसो बालबालिका, किशोर–किशोरी, महिला तथा पुरुष बेचबिखनमा पर्ने गरेको पछिल्लो तथ्यांकले देखाउँछ । त्यसमा पनि मानव बेचविखन तथा ओसारपसारमा संलग्न व्यक्तिहरुले उनीहरुको बाध्यताको फाइदा उठाई रोजगारीको प्रलोभनमा बेचविखन गर्ने गरेको पाइएको छ । यसकार्यमा नेपालका ठूला र प्रभावशाली नेताहरुको संलग्नताका कारण कुनै कडा कारवाही भएको देखिदैन ।
मानव तस्करले विदेशीसँग विवाह गराइदिएर तस्करी गर्ने उपाय पनि गर्ने गरेका छन् । पछिल्लो समय नेपालका युवतीहरु खाडी मुलुकहरुमा तस्करी हुने गरेका छन् । नेपाली युवतीको छालाका तस्करी हुनेगरेको तथ्य सार्वजनिक भइसकेको छ ।
मानव बेचविखनविरुद्ध कार्यरत नेपाल र भारतका माइती नेपाल, आस्था नेपाललगायत सरकारी तथा गैरसरकारी संघसंस्थाको सक्रियतापछि पनि यस्ता अपराधिक घटनामा प्रभावकारी ढंगले कमी आउन सकिरहेको छैन ।
आखिर किन ? सुरक्षा निकायका लागि यो गम्भीर प्रश्न हो ।