विश्वविद्यालय, स्कूलहरु अध्ययन अध्यापन भन्दा पनि राजनीतिक कार्यकर्ता उत्पादन गर्ने कारखाना बन्नपुगेको छ ।
लामो समयपछि भएको स्ववियु निर्वाचनमा पनि राजनीतिक भिडन्त र अपराधिकरणका अनेक दृश्य देखिए ।
बुद्धिजीवीहरु एकमतले भन्छन्– विद्यार्थी राजनीतिलाई ‘सिर्जनात्मक’ बनाउने होइन, शून्य बनाउनु पर्छ । देश र जनताका लागि विद्यार्थी राजनीति चाहिएको छैन तर प्रजातन्त्रको बिडा उठाएको भनेको नेपाली कांग्रेस नै भन्छ– स्कूलस्तरसम्म पार्टी राजनीतिलाई सकृय पार्नुपर्छ, कार्यकर्ता बढाउनु पर्छ ।
गरिब देशको श्रोतसाधनको दुरुपयोग गरेर विश्वविद्यालय र स्कुलसमेतलाई दलिय राजनीतिको अखडा बनाउने विद्यार्थी राजनीति क्यान्सर रोगको रुपमा फैलिदै गएको छ ।