काठमाडौँ । गणतन्त्र नेपालले तेस्रो राष्ट्रपतिको रुपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पाएको छ ।
नेपालको संविधानले राष्ट्रपति एक गैरराजनीतिक व्यक्तिको रुपमा कल्पना गरेको भए पनि अहिलेसम्म नेपालले त्यस्तो राष्ट्रपति पाउन सकेन । डा.रामवरण यादव र विद्यादेवी भण्डारीको दुई दुई कार्यकाल विवादरहित हुन सकेन ।
सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले आजै निजी निवासमा सर्ने तयारी गरेकी छन् ।