swoyambhu nath karki
'क्या वर्णन् बलको गरौं जब तिमी जन्म्यौ उसै फल् भनी।
पाक्याको फल ठानि सूर्य कन ता हात्ले म टिप्छू भनी।।
आकाश्मा जब ता कुद्यौ दुइहजार् कोस्तक् पुगी फेर झर्यौ।
यस्ता बालक मै थियौ किन यहाा कोस् चार् सयैमा डर्यौ।।'
―आदिकवी भानुभक्त , रामायण, किष्किन्धाकाण्ड १३९
जाम्ववानले हनुमानले अव यत्रो समुद्र कसले तरिदेला भनेर चिन्ता गरेको वेलामा उनको क्षमताको स्मरण दिलाउन भनेको कुरा हो। बालपनदेखिको चकचके हनुमानको चकचकले आजित भएर ऋषिहरुले श्राप दिएका थिए ' तिम्रा शक्ति अरुले नसम्झाएसम्म विर्सन्छौ '। त्यही हनुमानलाई जाम्ववानले शक्ति सम्झाए पछि उनले समुद्रलाई उफ्रेरै नाघे। आज नेपाली जनता पनि जम्ववानले शक्ति सम्झाउनु भन्दा पहिलेका हनुमान भएका छन।
परमुखापेक्षी चरित्रले नेपाली जनतालाई जितेको छ त्यसैले आफ्नो तागत र क्षमतामा आफै विश्वाश छैन। हनुमान जस्तो नेपाली जनतालाई कुनै श्राप लागेको भने हैन, तर श्राप सरहको दुर्भाग्य जनतामा नै मिसिएर हिडदैछ। चारपााच राजनैतिकदल र तिनका केहि दर्जन नेता बाहेक अरु सबैलाई भुसुना सरी ठान्ने प्रवृतिले लामो समयसम्म डेरा जमाउाछ। त्यसपछि केहि व्यक्ति वा समूह ठग व्यापारीले आफ्नो समानको गुणगान गरेजस्तै नौलो विचार र कार्यक्रमको नाममा आदिम विचार लिएर आउछन। तिनी मध्ये केही मुलधारमा सामेल भएर एक दुई दल थप्छन केही दर्जन नेता थपिन्छन। बााकी विलाएर जान्छन अर्कोपल्ट फेरी त्यस्तै हलचल मचाउने अतृप्त आशा बोकेर। यसै पटक पनि हिन्दुराष्ट्र प्रख्यात हुने विचार जानेर अनगिन्ति समुह र व्यक्तिहरु सामुन्ने आए। जनता आफ्नो शक्ति भुलेर तिनीहरुले गरिदिन्छन भनेर भजन गाउन थाले। अहिले सबै हराएका छन्, तर निश्चित छ ती मध्येका निकै अनुहार छिटै सत्तामा देखापर्ने छन। जनतालाई भ्रममा पार्दै हामीले संघर्ष छोडेका छैनौ केवल रुप मात्र बदलेको हो भन्ने छन।
कुनै 'नयाू शक्ति' कुनै केकेजाती टाइगर, चितुवा आदि नाम राखेर जनताको काम गरिदिने दिवास्वप्न बााड्दै आफ्नो वर्चश्व कायम गर्न लागेका छन। वास्तविकता भने त्यसको ठिक विपरित छ, अनेकौ पटक कामगर्ने मौका पाएर पनि आफ्नो अयोग्यता सावित गरिसकेकाहरुको जमात हो यो। जनता मुर्ख बनाउने बाहेक यिनीहरुबाट अरु केही हुने छैन। बरु केही गरौ भन्ने उत्साह बोकेका युवाहरुलाई दुषित बनाउने छन्, नकारा र परमुखापेक्षी बनाउने छन। अनि ती युवाहरुले पनि चालीस काटीसकेपछि अरु युवाको हक मार्दै युवा नेताको स्थान हडप्ने छन। कुनै शिक्षणसंस्थामा अध्ययन जारी नगरेका विद्यार्थी नेता, कुनै कल कारखानामा काम जारी नराखेका मजदुर नेता, खेतको आलीसम्म पनि नटेकेका किसान नेताहरुको भिड देख्दा पनि जनताले आफ्नो शक्ति महशुस गर्देन र आफ्नो काम आफै गर्न सक्छु भन्ने हिम्मत लिदैन भने कसरी उज्वल भविष्यको आशा गर्न सकिन्छ। बारंवार असफल भएका, संदिग्ध चरित्र भएकाहरुलाई पालैपालो मौका दिदै जानुको साटो जनता आफै सामुन्ने आउनै पर्दछ। प्रकृतिको नियम हो, खराव बिउले राम्रो बाली पैदा हुादैन, कमसल कच्चा पदार्थले गुणस्तरिय उत्पादन हुादैन।
आफ्नो क्षमता जनताले महसुस गर्ने पर्दछ, एक अर्कासंग संघर्ष हैन समन्वय कायम गर्ने पर्दछ। एक नेपालीले अर्को नेपालीलाई अपनाउनै पर्दछ। राष्ट्र हुन चाहिने महत्वपूर्ण तत्व भनेको जनता हुन त्यसैले जनतासंग विग्रह राखेर कोही राष्ट्रवादी भएको दम्भ गर्दछ भने त्यो अवान्छित तत्व हो। राष्ट्रको नागरिक को हो को होईन भन्ने कुरा कर्मचारीतन्त्रले राजनैतिक दलको फाइदा ख्याल राख्दै दिएको प्रमाण पत्रले निर्धारण हुादैन। यो त केवल कानूनी नागरिकता हो जसको आधारमा कसैले पनि राष्ट्रप्रति आफ्नो जिम्मेवारी पुरा नगरी पनि अधिकारको मात्र दावी गर्ने बाटो खोल्छ।
कानूनी नागरिकको परिभाषा जे भए पनि व्यवहारिक नागरिकको परिभाषा सरल छ। जो यो मुलुकप्रति आस्था र सम्मान राख्छ, जसले सम्पुर्ण मुलुकलाइै आफ्नो मानेको छ। मुलुकले मलाई के दियो वा दिएन भनेर हैन मुलुकलाइै मैले के दिएा भनेर सोच्छ। चाहे त्यो जहाा जन्मेको होस, चाहे त्यसको जात, बर्ण , उचाई ,भाषा, भेषभुषा जेसुकै होस त्यो खााट्टी नेपाली नागरिक हो। चाहे नागरिताको प्रमाणपत्र होस वा नहोस् त्यो नेपाली नै हो।
यस्तै नेपाली नागरिकले अरु कोही आएर केही गरिदिन्छ भनेर हैन आफैले राष्ट्रको निमित्त काम गर्नु पर्दछ। राष्ट्रको निमित्त गरिने काम भनेको आफ्नो काम हो त्यसको ज्याला कसैले दिदैन। जनता नै राष्ट्र हुन् भने जनताले राष्ट्रको निमित्त काम गर्दा त्यसको ज्याला कसले दिने? त्यसैले बारंवार मौका दिदा पनि असफल भएकाहरु मध्ये पात्र खोज्ने हैन , नाम चलेका प्रख्यात मध्येमा पात्र खोज्ने हैन। आफु बीच भएका आफैमध्येका अनि आफैले मात्र चिनेका पात्र आफै हो किन अगाडी नवढने? एक अर्काको सम्मान गरेर समन्वयपूर्वक काम गरेमा जे पनि संभव छ। त्यसैले पात्र बाहिर हैन जनताले आफै भित्र खोज्नु पर्दछ, जनताले क्षमता आफ्नो चिन्नु पर्दछ।


