Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

गुण्डा डनपछि हुन्डी डनलाई

२५ सोमबार , आश्विन २०७२१० बर्ष अगाडि

सवेन्द्र खनाल आँटिला प्रहरी रहेछन्। यिनले गुण्डाडन चरी र घैंटेलाई इन्काउण्टर गरिदिए पछि एमालेका राजेन्द्र पाण्डे र कांग्रेसका गगन थापा, जगदीश्वर नर्सिङ केसीजस्ता सभासदको निन्द्रा हराम भयो। तिनले गुण्डा डनलाई सहिद घोषणा गर्नुपर्नेसम्मका माग राखे, राष्ट्रिय मानवाधिकार आयोगको ढोका घचघच्याएर आफ्नो परिचाय दिए। तिनै सर्वेन्द्र खनाल अहिले हुन्डी कारोवारीको गर्धन समाप्त पुगेका छन्। यिनको आँटले नेपाल प्रहरीको साखलाई धेरै माथि पुर्‍याइदिएको छ। बिधिको शासन र कानुनव्यवस्थालाई पनि मद्दत गरेको छ। स्वच्छ समाजको कामना गर्ने हो भने सुरक्षा निकायमा रहेका खनालजस्ता होनहार सुरक्षाकर्मीलाई अत्यधिक परिचालन गर्न जरुरी छ। लोकतन्त्रको जगका ढुंगा हुन् यस्ता सुरक्षाकर्मी।
मनीट्रान्सफरको व्यवस्था छ तर हुन्डीमा बढी पैसा पाइन्छ भनेर हुन्डी चलाउने र कम्बल ओढेर घ्यूखाने व्यवसायको आन्द्राभुँडी ननिकालेसम्म देशको अर्थतन्त्रमा धमिरा लागिरहन्छ। कर छलेर राज्य लुट्ने र तिनकै इज्जत बढ्ने प्रथाको अन्त हुनुपर्छ र तिनको व्यवसायको नशा काट्नैपर्छ। गुण्डा डन मारिदा प्रभावशालीहरुको मुखुण्डो उत्रियो, हुन्डीमा हमला गर्दा धेरै ठूलाबडा र प्रभावशालीहरु सतहमा देखिन थालेका छन्। प्रहरीको एकै छापामा ९० लाखसम्मको हुण्डीको कारोवारको पोल खुलेको छ। यसैवीच हुण्डीबाट पैसा पठाउने र रेमिटान्सको रुपमा नेपाल ल्याएर कालोलाई सेता बनाउने काम भइरहेको खुलासा पनि भएको छ। प्रहरीले अझ तदारुकताका साथ यस्ता आर्थिक कूकर्म रोक्नुपर्छ। एसएसपी खनालका अनुसार 'हामीले छापा मार्ने क्रममा प्रमाणसहित राजस्व अनुसन्धान विभागलाई पठाएका छौा। हुन्डी मात्र होइन, सुन तस्करी र डलरको सटहीको अवैध कामसमेत हुादै आएको छ। पहिला सुन चीनबाट आउने गर्दथ्यो। तर, अहिले नाका अवरुद्ध भएपछि भारतबाट नेपालमा आउन थालेको देखिन्छ। एयरपोर्टबाट पनि आउने गरेको छ। हामीले केही दिनअघि मात्र एयरपोर्टबाटै तस्करी भएको सुन बरामद गरेका छौं। यसरी आउने सुनको पैसा पनि हुन्डीबाट नै भुक्तानी हुन्छ भन्ने छ। मनी एक्सचेन्जदेखि होटलहरूमा अवैध रूपमा अमेरिकी डलरलगायत विदेशी मु155ाको कारोबार हुने गरेका सूचना छन्। त्यसमा पनि हामीले हेरिरहेका छौं। यसमा ठूलो गिरोह छ। सुन, हुन्डी र डलरको अवैध कारोबारबीच सम्बन्ध छ। यस्तो धन्दामा सक्रियहरूले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन्। हुन्डीमा छापा मारेर अप्रेसन सुरु गरेका छौा।' राज्यले यस्ता प्रहरीहरुलाई अधिकतम प्रयोग गरेर शान्तिसुरक्षाका लागि अवैध कारोवार नियन्त्रणमा बल दिन जरुरी छ। – सुनिज श्रेष्ठ