बागमती प्रदेश मन्त्री युवराज दुलाल ‘शरद’ले भनेका छन् ।सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्– कमरेड प्रचण्ड माथिको मुद्दा व्यक्तिगत होइन, समग्र हो । हामी सबैको हो ? यो बिषय नजर अन्दाज गरेर देश सहि मार्गमा अघि बढ्नसक्छ ?
शान्ति प्रक्रियालाई पूर्णता दिई विकास र समृद्धिको यात्रामा अघि जाने की देशलाई सधैं द्वन्द्वमा धकेल्ने ? नेपालमा दश वर्ष लामो जनयुद्ध, मधेश आन्दोलन र अन्य संघर्ष भएका हुन् र त्यस क्रममा राज्य र विद्रोही दुवै पक्षका कारण धेरै नेपालीको मृत्यू भएको हो ।
मुक्ति या मृत्युको सपथ लिएर युद्धमा सहभागी भएका हौं । जनयुद्धको प्रमुखको हैसियतमा अध्यक्ष प्रचण्डले, जनयुद्धका उपलब्धि र कमी कमजोरीका बारेमा सम्बोधन गर्नु जायज र उच्च इमान्दारिता हो ।...शान्ति प्रक्रियालाई बिथोल्ने कुनै पनि गतिबधि राष्ट्रको हितमा छैन र ती कुरा हामीलाई सह्य हुने छैन । सत्य बुझ्ने कोशिस गरौं !