Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

रसुवागढी केरुङ २८ गतेदेखि

२५ सोमबार , आश्विन २०७२११ बर्ष अगाडि

गोविन्दप्रसाद पौडेल
एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त हुनासाथ एमाले कार्यालय पुगेका ओलीलाई तात्तातै चीनको बधाई सुनाउन चिनिया राजदूत ऊ चुन्ताई धुम्वारही पुगेका थिए। तर चीन पछि पर्‍यो, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस अघि नै टेलिफोनबाट बधाई दिइसकेका थिए। मोदीले भारत भ्रमणको निम्तो समेत दिए। चिनियाा राजदूतलाई पार्टी कार्यालयमा पुगेर बधाई दिनुपर्ने के कारण परेछ, यो चाहिा रहस्यमै छ। कुनै पनि मुलुकले यसरी घण्टाभरमै पार्टी कार्यालयमा पुगेर नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिएको यो पहिलो अवसर हो। कूटनीतिमा यो हतारोलाई अर्थपूर्ण मानिन्छ। र, नेपालमाथि नाकावन्दी गरेर नेपालको जनजीवन नै अस्तव्यस्त पारिसकेको भारतलाई टेलिफोन बधाई स्वीकार गर्दै नवनिर्वाचित प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिएको स्रोतले भनेको छ। आजैदेखि भारतले पेट्रोलियम पदार्थ लिन आउन आग्रह गर्दै धेरै सहज रुपमा पेट्रोलियम पदार्थ पठाउन थालेको छ। दसैंको अवसरमा बल्ल केही सहज हुने लक्ष्यण देखियो।
यसअघि केपी ओली भारत विरोधी हुन्, भारतले डेढ अर्व पठाएर सांसद खरिद बिक्री गरी सुशील कोइरालालाई जिताउन भूमिका खेलेको व्यापक प्रचारवाजी गरिएको थियो, जुन प्रचार हावादारी सावित भएको छ। यद्यपि नेपालमा भारतीय खुफिया एजेन्टहरुको चलखेल भने झन बढेर गएको अनुभूति गरिएको छ।
यसैवीच चीनका नगिचका स्रोतहरुले खबर ल्याएका छन्– असोज २८ गतेदेखि तातोपानी र रसुवागढी– केरुङ नाकालाई चीनले सुचारु गर्ने भएको छ। नेपालले दुबै नाकामा भन्सार चेकपोष्टलाई सक्रिय पारिसकेको छ भने ती नाकाहरुबाट पनि पेट्रोलियम पदार्थ, ग्यास लगायतका दैनिक जीवनमा चाहिने बस्तु नेपाल भित्रिने भएका छन्। यद्यपि चीनले सहयोग गर्न खोजे पनि नेपालले ती पदार्थ मागेको थिएन। केपी ओली सरकार बन्ने भएपछि चीनले नै नाका खोल्ने तदारुकता देखाएको छ।