Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चितवनमा रविसग जनमोर्चा भिड्ने

१५ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

नागरिकता प्रकरणमा सांसद पद गुमाएका रवि लामिछानेसँग वैशाख १० गतेको उपनिर्वाचनमा जनमोर्चा खडा हुने भएको छ । रवि लामिछानेसँग जनमोर्चाले भिड्ने निर्णय किन ग¥यो अचम्म भए पनि प्रचण्डले निर्माण गरेको ८ दलको समर्थनमा चुनाव जितिन्छ भन्ने अतिविश्वासकै कारणले हो ।
चितवन २ मा रवि लामिछानेको क्रेज कम भएको छैन । रास्वपाका रवि लामिछानेले चुनाव लड्ने पक्का गरिसकेका छन् । रवि विरूद्ध जनमोर्चाले उमेदवारी दिने र यही निर्वाचनले गठबन्धन कति बलियो भन्ने पनि प्रष्ट हुनेभएको छ ।
भन्नलाई जनमोर्चाले ‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको ‘स्वतन्त्र’ पार्टीको भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महत्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।’ जनमोर्चाको भण्डाफोर हेर्न लायक हुनेछ चितवनमा ।