Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

टिप्पणी मेरो– हाम्रो न्याय प्रणाली ।

१५ सोमबार , फाल्गुण २०७९३ बर्ष अगाडि

फेब्रुअरी २१, २०२२ मा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले लेख्नुभएको कथा यस्तो छ– कथा मित्र यज्ञवल्क्य उपाध्यायको– सत्तरी वर्षे बृद्धले केटी जिस्क्याएको मुद्दामा अदालतमा हाजिर भई न्यायाधीशसित आफूलाई क्षमा गरिदिन अनुरोध गरेछन् ।
न्यायाधीश– बीस बाइस वर्षको कसैले केटी जिस्क्याएको भए विचार गर्ने कुरो हो । तपाई सत्तरी वर्षका मान्छेले केटी जिस्क्याउने ?
बृद्ध ः हजूर म केटी जिस्क्याउँदा बीस वर्षकै थिएँ । बेलामा मुद्दा नछिनिएकोले मेरो यो उमेर भयो । मैले जसलाई जिस्क्याएको थिएँ । अहिले उनी आफ्नी नातिनीलाई लिएर पल्लो बेन्चमा बसेकी छन् श्रीमान ।
टिप्पणी मेरो– हाम्रो न्याय प्रणाली ।
नोट ः न्यायालय मन्दिरजस्तो होस्, न्यायाधीशले स्वच्छ न्याय सम्पादन गरून् र अदालतमा झण्डै ४० हजार मुद्दा खात नलागोस्, यस्तो कहिले होला ?