भारतीय विदेशसचिव विनय मोहन क्वात्राले तुफानी भ्रमणमा आएर राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, राजनीतिक नेताहरूलगायतका १४ जनालाई भेटेर आफ्नो तुरूप फालेर गएका छन् ।
भारत कृष्ण सिटौला अथवा महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन सुझाव दिएर गएको छ । अनुराधा कोइराला, देवेन्द्रराज पाण्डे, प्रा. बराल र दमन ढुंगानाको नाम पनि अघि सारेको छ । कुनै पनि हालतमा कम्युनिष्ट राष्ट्रपति नबनाउ भनेको छ । पश्चिमाहरू पनि कम्युनिष्ट राष्ट्रपतिको विरूद्धमा छन् । अब हेर्नुछ, नेपालका नेताहरूले कसको उमेदवार अघि सार्ने हुन् ?