Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मेरो निष्कर्ष- खतरा बढ्यो

०१ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

प्रेम सागर पौडेल ः नेपाल–चीन पारस्परिक सहयोग समाज – 
आजको चासोः सरकारले कस्तो गति लिन्छ र कुन दिशामा अघि बढ्छ ?
नेपाल औपचारिकरुपमा अन्तर्राष्ट्रिय ग्याङको चंगुलमा फस्यो अब । अबदेखि रिमोटबाट गतिविधि चलेको प्रत्यक्ष देखिनेछन् ।
देशभित्र भित्रै पराइको चक्रब्यूहमा निकै गम्भीररुपमा फसिसकेको रहेछ । देश विरोधीलाई समूल नष्ट गर्न अब एकपटक नेपाली जनता बहादुरीसाथ देशका लागि लड्नैपर्छ । होइन भने हामी पराधिन हुन धेरै समय लाग्ने छैन ।
राष्ट्रपतिकालागि अमेरिकीहरूको उम्मेदवार डा. बाबुराम भट्टराई र यूरोपियनको उम्मेदवार झलनाथ खनाल सतहमा देखिएका छन् ।
एमाले अध्यक्ष केपी ओलीको निर्णय नै निर्णायक हुने देखिन्छ ।
देश दिनप्रतिदिन विदेशी ऋणमा झन् झन् डुबिरहेको छ। पञ्चायतकालमा तलब नलिएर काम गरे जसरी अहिलेको ब्यवस्थामा पनि तलब नलिएर काम गरिदिए देशले राहत पाउने थियो र जनताको उत्थान हुने थियो कि !
विदेशी नागरिक उपराष्ट्रपति र मन्त्री हुँदा चरणस्पर्श गर्नेहरू यतिबेला रवि लामिछानेका पछाडि हात धोएर लाग्नु पछाडिको स्वार्थ र उद्देश्यलाई बुझ्न सकिएन भने अर्को भड्खालोमा पर्नसक्छौं ।
सन्दर्भ रवि लामिछानेः
लामिछाने नेपाली थिए र फेरि नेपाली भए। विदेशी नागरिक उपराष्ट्रपति, मन्त्री र उच्च ओहोदामा पुग्दा होस् वा पुगेका हुन। अहिलेसम्म ती मिडियाले लेखेका छैनन् । साँच्चै देशको माया हुँदो हो त ती सबै विदेशी नागरिकको बारेमा लेख्थे। कारण स्पष्ट छ । किन ?
नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ आएपछि मात्र गृहमन्त्री नियुक्त गर्छु भन्ने दाहालहरुले संसद बिघटन लगायत धेरै फैसलाको पूर्ण पाठ किन पर्खिएनन्?
यिनीहरू देशमा स्थायित्व होइन अस्थिरतालाई मलजल गर्दैछन् ।
लाखौं विदेशीले नागरिकता लिएका छन् । अमेरिकी लगायत अन्य देशका ग्रीनकार्ड वा त्यस्तै प्रमाणपत्र भएकाहरु मन्त्री भएका छन् ।
यतिबेला मिडिया र केही शक्ति यसरी लागेका छन् कि यो देशमा रवि लामिछाने एक्लो त्यस्तो ब्यक्ति हो जसरी ।
यसका पछाडिको षड्यन्त्र अझै खतरनाक छ, समयमै होशियार बनौं ।
राजनीतिका नाममा सबैले पराइ निर्देशित भूमिका निर्वाह गरिरहेका छन् । यिनलाई राजनीतिक स्थायित्व, विकास, शान्ति र सुशासनप्रति कुनै चासो छैन ।
यद्यपि नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रको शीतयुद्धको चपेटामा परिसकेको छ । नेपाल दिनप्रतिदिन पश्चिमाको खुनी पञ्जाको पासोमा फस्दै चीन विरोधी अखडा बन्दैछ । नेतृत्वले क्षमता देखाएन भने भन्न सकिन्न के हुन्छ ?