फागुन १ गते जनयुद्ध दिवस, राष्ट्रिय विदा । विदा दिने विषयमा मन्त्रिपरिषदमा कुरा उठेपछि राप्रपाले असुन्तुष्टि जनायो, प्रधानमन्त्रीले आजको परिवर्तनको जग नै सशस्त्र द्वन्द्व हो, यसकारण जनयुद्ध राष्ट्रिय दिवसका रुपमा मनाउनु पर्छ भनेपछि तैँ चूप, मै चूप । विदा दिने निर्णय भयो, कराउने कराइरहेका छन्, सशस्त्र संघर्ष पनि जनयुद्ध दिवस हुनगयो । कानुनचीहरु भन्छन्– यो त कार्यकारी शक्तिको चरणम दुरुपयोग हो । यो सर्वसत्तावाद भयो । जसले जे भनुन्, प्रचण्डपथ किनारा लागे पनि नाम र झण्डा बदल्ने निर्णयमा पुगे पनि प्रचण्डको झोक रोक्ने कसले ? नयाँ अध्यायको सुरुआत भयो फागुन १ गतेदेखि ।