काठमाडौं । माघ ६ गते चीनले आफ्ना नागरिकलाई भ्रमण गर्न २० गन्तव्य मुलुकको सूची सार्वजनिक गरेको थियो । त्यो सूचीमा नेपालको नामै थिएन । यसपछि अन्यौलमा परेको नेपालका तर्फबाट होटल संघ पोखराले आग्रहमा नेपालका पर्यटन व्यवसायी स्वागत गर्न आतुर छन् भनेर दूतावास र महामहिम राजदूत सोङलाई नेपालको नाम पनि समावेश गर्न आग्रह पत्र लेखेका छन् ।
नेपालमा कोभिड–१९ को जोखिम साह्रै न्यून छ । यस्तो मुलुकको पर्यटनमा सघाउन चीन उदासीनमात्र होइन, निराश बनाउन किन खोज्यो ? यो प्रश्न हो । चीनको यो व्यवस्था लागू भइसक्यो, तथापि त्यो सूचीमा नेपाल परेको छैन । नेपालको पुनः विचार गर्ने अनुरोधलाई चीनले अझै संवोधन गरेको छैन । थला परेको नेपालको पर्यटनलाई सघाउ पुग्ने र आपसी सदीयौं पुरानो सम्बन्धमा थप बल मिल्ने विषयलाई चीनले बेवास्ता गर्दा पनि नेपाल सरकार बोलेको छैन ।