वीरगन्जमा भानुभक्तको शालिक भत्काइयो, फेरि बनेन । भानुचोकको नाम छैन आजकल । महेन्द्र र गिरिजाका शालिक पनि ढालिए । ती शालिक बनाउने चासो कसैलाई भएन । महेन्द्रचोकको नाम पनि मेटियो । वीपी उद्यानको नाम के राख्ने भनेर यतिबेला भारतीय महावाणिज्य दूतावासमा छलफल चलिरहेको छ ।
वीरगञ्ज भारतसँगको नाका सहर हो । सबैभन्दा धेरै राजस्व वीरगञ्ज भन्सारबाटै प्राप्त हुनेगरेको छ । यहीँ छ भारतीय महावाणिज्य दूतावास । यो दूतावास कूटनीतिक भन्दा पनि राजनीतिक निकायजस्तो लाग्छ । यहाँ नेपाली नेताको हरेक दिन लर्को लागिरहन्छ ।
यही दूतावासको आदेशमा सहरका विभिन्न सडक, चोकका नाम भारतीय नेताका नामबाट नामाकरण भइरहेका छन् । लोकतन्त्रको अग्रगमनका मौसम भारतीयकरणको मौसम भयो । को बोल्ने ?