Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बसन्त श्रवण ः अर्थात प्रेमरसको उत्सव

१६ सोमबार , माघ २०७९२ बर्ष अगाडि

यसपाली पनि माघ १२ गते परेको वसन्त पञ्चमीका दिन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षसहितका उच्चपदस्थहरूले हनुमानढोका नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् । सरस्वती पूजाका दिन उच्चपदस्थहरूले वसन्त श्रवण गर्ने प्रचलन छ । यो चलन प्रताप मल्लको पालादेखि चलेको हो ।    राष्ट्र, लोक, लोकतन्त्रप्रति पटक्कै संवेदनशील हुन नसकेका शासकहरू प्रेमरसको बसन्त श्रवण गरेर मनोरञ्जन लिने गर्छन् । गुरूतर जिम्मेवारी पन्छाएर सत्ताको खेल खेल्ने र बिबिध तरिकाले मनोरञ्जन लिने यिनलाई लत छ ।
नेपाल धर्मनिरपेक्ष घोषणा गर्ने शक्ति कम्युनिष्टहरू जो सत्ताको शयर गरिरहेका छन्, बसन्त श्रवण पनि गर्छन् । राष्ट्रपति विद्या भण्डारी र जनवादी प्रचण्डले बसन्त श्रवण गरे । पहिले ओलीहरूले पनि श्रवण गरेकै हुन् ।
आखिर के हो बसन्त श्रवण ? यसको लोकतान्त्रिक महिमा कस्तो छ ?
बसन्त पञ्चमीको मन्त्र पण्डितले कानमा फुकिदिए भने महाभारतमा सूतपुत्र कर्णले ब्रम्हास्त्र पाएझैं सत्तामा अखण्ड जमेर बस्न पाइन्छ भन्ने दीव्यज्योतिको झिल्का देखेर हो कि वसन्त श्रवणका दिन नेपाली नेताको मुहारमा उज्यालो देखिन्छ । यद्यपि बसन्त श्रवण हिन्दूपर्व हो, धर्मनिरपेक्षता होइन ।
हनुमानढोकाभित्रको नासलचोक । माघको ‘बसन्त श्रवण’ सत्ताधारीले सुने, यसअघि अन्य कम्युनिष्ट नेताहरूले पनि बसन्त श्रवण गरेर धन्य भएकै हुन् । बसन्त श्रवण त चुनाव हारेका माधवकुमार नेपालले पनि त्यतिबेला प्रधानमन्त्री बसेकै कुर्सीमा बिराजमान भएर सुनेका थिए । जन्तरमन्तरको उपदेश सुन्ने बानी परेकालाई ‘बसन्त पञ्चमी’को चमत्कारीक मन्त्र सुनेपछि मृतसञ्जिबनी होइन्छ, हस्तिनापुर पाइन्छ भन्ने लागेको हुनसक्छ । बसन्त श्रवणको शक्ति प्राप्त गरेर कुनै नेताले राजनीतिको रौं झार्न सकेनन् । यी कर्मकाण्डी कमाउनिष्ट धर्मनिरपेक्षतावादी कम्युनिष्टका लागि ‘बसन्त श्रवण’ अलिनो र ‘बुझी न सुझी, हातभरि....’ हुनपुगेको हुनुपर्छ किनभने बन्दुकमा विश्वास गर्नेको मन परिवर्तन भयो भने नेपाली नेल्शन मण्डेला मोहनचन्द्र अधिकारीको जस्तो रूद्राक्षधारी तपस्वी बन्न बेर छैन । हुन त महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहिल्यै लेखेका थिए– ...अन्त्यमा श्रीकृष्ण रहेछ एक । धन्य, बसन्त श्रवण हुँदै बाबाजीहरूको दर्शन गरेर कम्युनिष्टहरू महिषपुजनसम्म पुगेको पनि देखियो, प्रश्न यत्ति छ– अब हिन्दूअधिराज्यमा ओर्लने कहिले ? जो राजनीति र जीवनजगतबाट वाक्क हुन्छ, उ रूद्राक्षधारी मोहनचन्द्र बन्छ । यसर्थ भन्नुपर्छ, लोकतान्त्रिक नेताहरूको बसन्त श्रवण ‘अर्थ न बर्थ गोविन्द गाई, टाउको दुखेको ओखती नाइटोमा लाई’ भनेजस्तोमात्र हो ।
परिवर्तनपछि ‘बसन्त श्रवण’ ‘बृद्ध बेश्या तपस्वीनी’को घटनाभन्दा बढी केही भएन । अरू दल वायु साधना र प्रेत साधनाबाट शक्ति प्राप्त गर्ने लालसा बोक्छन्, माओवादी बन्दुक साधनाबाट शक्तिशाली बनेको हो । माओवादको बन्दुक शास्त्र र हिन्दुत्वको वसन्त श्रवणमा कति सम्बन्ध होला ? पर्दा खुल्दैजाला ।
पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि कुनै पनि सांस्कृतिक प्रचलनलाई तोडेनन् । उनका छोरा सिंहप्रताप शाहले मैचा महारानीसँग बिबाह गरे । तान्त्रिक ज्ञान हासिल गरे अनि परम्परागत पूजाआजा, सांस्कृतिक कार्यक्रम र कुमारीको जात्रामा आफै सरिक हुने परम्परा बसाले । पहिलेदेखि चल्दै आएको सांस्कृतिक धरोहरको रूपमा रहेको इन्द्रजात्रा, कुमारी जात्रा, पाटनको भोटोजात्रा, भक्तपुरको बिस्केट जात्रा, विभिन्न जात्राहरू र कृष्णाष्टमी पूजा, छठमेला नित्यरूपमा चल्दै आएका छन् । जात्रा, पूजा चलाउन खाँचो नहोस् भनेर गुठी राखे, गुठी मासेनन् । बुध्दमार्गीको सम्यक पूजामा राजाले दिपंकर बुध्द भएर निस्कने काम पनि राजतन्त्र रहुन्जेल निरन्तर गर्दै आएका हुन् । २०६५ साल जेठ १५ गते लोकतन्त्र कार्यान्वयन भएपछि दिपंकर बुद्ध अलप छन् ?
राधाको कृष्ण प्रलाप र राधा कृष्णको प्रणय लीलामा आधारित ‘बसन्त श्रवण’ भित्रको प्रेमरस, सिङ्गाररस र प्रणयगाथा सुनेर राष्ट्रपति र प्रधानमन्त्रीको सत्ताधारी गुटको अन्तरमनमा कति भोल्टको विद्युतीय तरङ्ग उत्पन्न भयो होला ?
के हो बसन्त श्रवण ?
कालीदासको शाकुन्तलमपछि १२औं शताव्दिमा लेखिएको उत्कृष्ठ संस्कृत काव्यको रूपमा रहेको गीत गोविन्दको एक परिच्छेद हो– बसन्त श्रवण । १२ अध्यायमा वर्णित रागमध्येमा बसन्त श्रवण बसन्त रागअन्तर्गत पर्दोरहेछ । यसमा राधा र गोविन्दको भक्ति प्रणयलीलालाई सिङ्गार रसमा संगीतमय तरिकाले मनछुने गरी वर्णन गरिएको छ । गीतगोविन्द काव्यलाई नाट्यशास्त्र, मञ्चनशास्त्र, भारत नाट्यमको उद्गमसूत्रका रूपमा पनि मानिन्छ । यो भक्ति गीतिकथा हो । यसैको आधुनिक र चित्ताकर्षक झलक लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, राष्ट्रकवि माधव घिमिरेको गौरी गीतिकाव्य भने हुन्छ ।
बसन्त श्रवणको चारपंक्ति–
हिम शिशिर वसन्त ग्रीष्म वर्षा शरत्सु
स्तन तपन वना कम्भो हम्र्य गोक्षीरपाणैः
सुनमनभव राजँस् त्वद् द्विषो यान्तु नाशं
दिस कमल लज्जा शर्वरी रेणु पङ्कै ।।
६ ऋतुमा ६ कुराले  सुख अनुभव गर, तिम्रा शत्रु ६ कुरासँगै अथवा ६ कुरा जस्तै भएर नाश होउन् ।
गीत गोविन्द उडिसाका जयदेव भणिकले लेखेका हुन् । उनी संगीतबिज्ञ र नृत्यनिर्देशक पनि थिए । उनले जगन्नाथजीको मन्दिरमा गएर गीतगोविन्दको बसन्त राग गाउने गर्थे र उनकी धर्मपत्नी पद्मावती नृत्य गर्थिन् । आज पनि यो परम्परा जगन्नाथजीको मन्दिरमा कायमै छ र नित्य यो राग गाउने गरिन्छ । कत्थककली नृत्यको प्रणेता तिनै पद्मावती हुन् । यही बसन्त राग हिन्दूबासीसँगै फैलियो र नेपालमा पनि आयो । ‘बसन्त श्रवण’का रूपमा गीतगोविन्दको यही बसन्तराग सुन्ने गरिन्छ । बसन्त पञ्चमीका दिन बसन्त श्रवण गर्ने यो प्रचलन नेपालमा कहिलेदेखि सुरू भयो भन्ने विषयमा अनुसन्धान भएकै छैन । यद्यपि नागपञ्चमीबाट हिउँद लाग्ने र बसन्त पञ्चमीबाट वसन्त ऋतु सुरू हुन्छ भन्ने हाम्रो स्थापित मान्यता रहेको छ ।
लोकतन्त्रको रट लगाउने, जनवाद भन्ने र शक्तिका लागि पूजा गर्नेका लागि वसन्त श्रवण भैंसीको कानमा बिन र धर्मनिरपेक्षतावादी नेताका लागि काशी काश्मीर अजब नेपाल होइन र