Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

माओवादी किसान भन्छन्– सुध्र, सुधार

१६ सोमबार , माघ २०७९२ बर्ष अगाडि

पूर्व माओवादीको तीतो अनुभूति - -
भकुन्डेबेसी र काठमाडौँको साँखुमा पहिले कालो धानको खेती पूर्व माओवादी नेता लोकेन्द्र विष्ट मगरले एक दशकअघि छँदाखाँदाको राजनीति चटक्कै छाडे । दाङ पुगेर किसानका रूपमा काम गर्न थाले । पहिले नेपालका तारे होटेलमा मात्रै चाख्न पाइने, उतिखेर अत्यन्त महँगो फलका रूपमा चिनिएको ड्रागन फलको खेती थाले।यो देशमा सरकार छ भन्छन् । कसको सरकार हो, मलाई थाहा भएन। यदि नेपाल र नेपाली जनताको सरकार हुन्थ्यो भने नेपाललाई समृद्ध गराउन, स्वदेशमै रोजगारी सिर्जना गर्न त्यसले पक्कै पहल थाल्थ्यो । किसानलाई समेत कृषि पर्यटनमा लगाउने, उत्पादन गरेको वस्तु बजार पु¥याउन सहज बनाउने,जग्गा नभएर खेती गर्न नपाएका किसानलाई जग्गा लिजमा दिलाइदिने, लगानी गर्न नसक्नेलाई सस्तो दरमा ऋण उपलब्ध गराउँथ्यो होला ।    
कृषि ऋण पनि महँगा ठाउँका अग्ला महल र न्युरोडतिरका जग्गाहरू धितो नखोजेर योजना प्रस्ताव र परियोजनाका आधारमा दिन्थ्यो होला । ऋण असुलउपर गर्न भरपर्दो संयन्त्र बनाउने, साक्षी बयान सबै राख्ने र किसानले चाहे जति ऋण दिने र असुलउपर गर्ने व्यवस्था मिलाउँथ्यो होला । कृषकलाई बजार तालिम र भ्रमणको व्यवस्था गराउँथ्यो। राज्यले आफूलाई अभिभावक ठान्थ्यो। तर यहाँ राज्य मूकदर्शक भयो । यो देशमा राज्य छ र भन्ने प्रश्न उठिसक्यो । यसो भन्दा मेरा पूर्व कमरेडहरूले चित्त दुखाउलान् । तर यथार्थ यही हो । एक किसानका रूपमा मैले उनीहरूलाई भन्ने यत्ति हो–सुध्र र सुधार । उकालोबाट ।