Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

बिजुक्छेजी सरकारमा जाने कि?

१८ सोमबार , आश्विन २०७२११ बर्ष अगाडि

सहदेव सिग्देल
नारायणमान बिजुक्छे र उनको पार्टी नेमकिपा आजसम्म सत्ता साझेदार बनेको छैन। पटक पटक मौका आयो, तर सत्ताले नेमकिपालाई लोभ्याउन सकेन। सबै पार्टी सत्ता भनेपछि हुरुक्क हुन्छन्, नेमकिपा जहिले पनि सत्ताबाट पर पर भागिरहेको छ। यही कारण हो, नेमकिपा नैतिकवान पार्टी मानिन्छ। यसैवीच वेटिङ पीएम मानिएका केपी ओलीले भक्तपुरे नेता नारायणमान बिजुक्छेलाई घरमै पुगेर भेट गरी आफूलाई समर्थन गर्न र सरकारमा सामेल हुन निम्तो दिएका छन्। ओलीले भित्री रुपमा अनेक पार्टीहरुसँग सरकार बनाउन समर्थन खोजिरहे पनि खुलस्त निम्तो दिएको बिजुक्छेलाई पहिलो हो। सँगै काम गरौं भन्ने ओलीलको आग्रह आएको हो– बिजुक्छेले खुलासा गरेका छन्। उनले नेमकिपा सरकारमा जाँदैन, देश र जनताको हितकारी काममा सरकारलाई सघाउन सक्छ भनेका छन्। चीनबाट पेट्रोलियम पदार्थ र अत्यावश्यक सामानहरु ल्याउन पहल गर्ने विषयमा दुबै नेतावीच मत मिलेको छ। बिजुक्छेसँगको वार्तालापमा नेमकिपाका सचवि सुनिल प्रजापति र सदस्य प्रेम सुवाल पनि साथमै थिए। एकपटक सत्तामा पुगेर नेमकिपाले पनि सडकमा बोलेजस्तै इमान र सुझाव दिएजस्तो नैतिकवान रुपमा काम गरे हुन्न र बिजुक्छेजी?