Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पुननिर्माणमा एनआरएन र युएसएड

१८ सोमबार , आश्विन २०७२११ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ
पुनःनिर्माणमा सहकार्यबारे एनआरएन र युएसएडले हात मिलाएका छन्। पुननिर्माण प्राधिकरण गठनमै तुहिएको स्थितिमा एनआरएन र युएसएडले अग्रसरता देखाउनु राम्रो संकेतका रुपमा चर्चा पाएको छ।खासगरी नेपालीप्रति अत्यन्त सौहाद्रता देखाउने शेष घलेको अग्रसरतामा यो मिसन सुरु भएकाले पनि राम्रो मानिएको हो। भूकम्पपछिका ध्वस्त संरचना र पुननिर्माणका सम्भाबना र अवसरबारे छलफल गरेर एउटा निष्कर्षमा पुग्नैपर्थ्यो। राज्य असफल भएको स्थितिमा एनआरएन र युएसएडको प्रयास सह्राहनीय छ।
गत बुधवार शेष घलेले युएसएडका विज्ञ समूहसँग छलफल गरेका हुन्। शेष घलेको टोलीले निजीक्षेत्रसँगको सहकार्यमा महत्वपूर्ण पुननिर्माणको कामको थालनी गर्दैछ। शेष घले एनआरएनको अर्को कार्यकालका लागि उमेदवार बनेका छन्। उनले आगामी दुईवर्ष नेपालको पुननिर्माणमै ध्यान दिने, गाउँहरुमा स्वास्थ्य, शिक्षा, आयआर्जन, दिगो विकासमा साझेदारका रुपमा काम गर्ने बताएका छन्। यही कार्यका लागि युएसएड र अन्य संस्थाहरुसँग सहकार्यको खोजी पनि गरिनेछ। युएसएडका ग्लोबल डेभलपमेन्ट ल्यावका एभरी ओलेटले वैदेशिक रोजगारीमा गएका नेपालीले प्राप्त गरेको सीपलाई पुननिर्माणमा उपयोग गर्नु उचित हुने सुझाव दिएका छन्। यसपछि एनआरएनले विदेशमा रहेका नेपालीको विशेषज्ञताको रेकर्ड बनाउने र एसिया फाउण्डेशनको सहयोगमा मोवाइल एपबाट लाभ लिने योजना छ। शेष घलेका अनुसार नयाँ संविधानमा एनआरएनलाई नागरिकता दिने सुनिश्चित भएपछि एनआरएनको लगानी अरु बढ्ने र नेपालमा लगानी गर्ने वातावरणमा आकर्षण थपिएको विश्वास गरेका छन्। एनआरएनको सीप र पुँजीले केही गर्लाजस्तो छ।