Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जनगणनाको नतिजा किन लुकाइयो ?

०९ सोमबार , माघ २०७९२ बर्ष अगाडि

२०७८ मंसिर ९ गते सम्पन्न भएको जनगणनाको नतिजा किन सार्वजनिक गरिएन ? यसलाई गुपचुप राख्नुको रहस्य के हुनसक्छ ? प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४%) र एक करोड ४२ लाख  ९१ हजार ३११ जना पुरूष (४८.९६%) रहेका भनिएको छ । १०–१० वर्षमा गरिने जनगणना यसअघि २०६८ सालमा भएको थियो । त्यतिबेलाको जनगणनामा कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरूष र महिलाको हिस्सा क्रमशः ४८.५५ र ५१.५५ रहेको थियो । यसपटकको स्थितिबारे अझै स्पष्ट छैन ।
हिमाल, पहाड, तराईको जनसंख्या, जातजातिको स्थिति, धर्म संस्कृतिबारेको जानकारी, देशभित्रका सर्वाङ्गिण अवस्थाको प्रष्टता हुनुपर्ने हो । तथ्याङ्क विभागले तैयार गरिसके पनि जनगणनाको स्थिति सार्वजनिक नहुनु दुःखद पक्ष हो ।