Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

गोर्खा सैनिकले भने– अन्याय भो

१८ सोमबार , आश्विन २०७२११ बर्ष अगाडि

गोर्खा भूतपूर्व सैनिक संघ गेसोका अध्यक्ष पदमबहादुर गुरुङले नयाँ संविधानमा गोर्खा सैनिकहरुको नागरिकताको हक खोसियो भन्दै अन्याय भो भनेका छन्। उनले कुनै व्यक्ति दुई देशको नागरिक हुन पाउन्न तर बेलायती सैनिकमा नेपाली नागरिकलाई पठाएर अधिकारबाट बन्चित गर्नु न्यायसंगत होइन भनेर आपत्ति प्रकट गरेका छन्। स्मरणीय छ, एनआरएनले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको नेपाली नागरिकता पाउने व्यवस्था संविधानमा छ, तर त्यो सुविधाबाट गोर्खा सैनिकलाई प्राप्त छैन।
गेसोले भनेको छ– राणाहरुले बिना कुनै सन्धिसम्झौता नेपालीलाई गोर्खा सैनिकका रुपमा बेचेको छ भने अहिलेको लोकतान्त्रिक सरकारले नेपाली गोर्खाहरुबाट नागरिकताको अधिकार खोसेको छ। अन्याय भो। गोर्खाहरुका सन्दर्भमा यस्ता असहज प्रावधान संविधानमा राख्नु द्वन्द्व निम्त्याउनु हो। गेसोको ठहर छ– नेपाली युवालाई बेलायतमा बेच्नु र युद्धका लागि तेस्रो मुलुकमा पठाउने नेपाल र बेलायत दुबैले युद्ध अपराध गरेका छन्। गोर्खाहरुका लागि बेलायत कर्मभूमि हो, नेपाल जन्मभूमि। नागरिकताबाट बन्चित गराउन पाइन्न। यस्तो गलत नीति तत्काल सुधारिनु आवश्यक छ।