काठमाडौं । झण्डै वर्ष दिन हुनलाग्यो बालेन साह महानगरपिता बनेको । नगरपिताले नगर सफाइका नाममा बिध्वंश खूब गरे । ससाना व्यापार गरेर खानसमेत पाएनन् आमनागरिकले । बालेन साह प्रश्नैप्रश्नको तीमा रोपिएर नगरपिताका रूपमा बाँचेका छन् ।
छिटै उनले नगर सफाइका नाममा गरिखाने भुइँमान्छेलाई बैकल्पिक व्यवस्था दिएनन् र बिध्वंशमात्र गर्न अभ्यस्त भए भने यिनको ओह्रालो यात्रा सुरू हुनेछ । सल्लाहकारहरूले सही सल्लाह दिउन्, भुइँमान्छेलाई धेरै नरूवाउन् ।