काठमाडौं । ०६३ मा कम्युनिष्टको जबरजस्त १९ दिने आन्दोलनको सफलतापछि संसदको नेतृत्व लिन कांग्रेस सधैं असफल भयो । कांग्रेसको तुलनामा कम्युनिष्ट सधैं उपलब्धिमा रह्यो । हुन त कांग्रेस परिवर्तन, संविधान घोषणा, ०७४ र ०७९ को निर्वाचन हाम्रो नेतृत्वमा सम्भव भयो भनेर नाक फुलाउँछ । नाक फुलाउँदा फुलाउँदै यतिबेला कांग्रेस छिपाको घ्याम्पो फुटेझैं फुट्यो ।
अहिले कांग्रेस संसदमा अपराधी छ, खोई समातेको भन्छ । कांग्रेसका पालामा ज्यानमारा नै सभामुख थिए । अपराधी सांसद थिए । ०५२ सालमा महाकाली सन्धि पास हुँदा बिरामी मनमोहनको भोट हाल्ने देवराज यतिबेला सभामुख बनेका छन्, उनले संसदीय प्रणाली बसाल्न सक्लान् ?