Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

ड्रागन अघि स¥यो, अघि बढ्यो

०९ सोमबार , माघ २०७९२ बर्ष अगाडि

काठमाडौं । भारो–अमेरिकी चाललाई पनि चकमा दिएर चीनले प्रचण्ड नेतृत्वको सरकार निर्माणमा सघायो । तत्कालका लागि चित खाएको यो खेमाले सभामुख र उपसभामुखमा च्याँखे थाप्यो । बल्झिएन । राष्ट्रपतिमा च्याँखे थापेको छ, बल्झिदैन भनेर माओवादीका नेता जनार्दन शर्माले खुलेरै बताइदिए ।
तथापि यो खेमा राष्ट्रिय सहमति खोज्ने मेरो प्रयास जारी छ भनेर कांग्रेस सभापतिलाई आश्वासन दिइरहेकै छ । उच्चस्तरीय संयन्त्रका नेता केपी ओली भनिसके– एमालेले उमेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।
अर्थात राष्ट्रपतिमा खेल्न खोजेको छिर्के दाउमा पनि कांग्रेस हार्ने पक्का छ ।
चीन पक्षका एक बुद्धिजीवीले भनेका छन्– चीनले २०२३ को नयाँ वर्षका दिन पोखरा अन्तर्राष्ट्रिय विमान स्थल उद्घाटन समारोहबाट घोषणा गरिसक्यो– बिआरआइ कार्यान्वयन शुरू भैसक्यो । अर्थात्, चीनको बढ्दो कदमलाई रोकेर चीन कमजोर पार्ने साम्राज्य नेपालमा खडा गर्नु सपना हो, चकनाचूर भइसक्यो ।