Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

करणसिंहको प्रश्न: अधिकांश किन बेखुस छन्?

१८ सोमबार , आश्विन २०७२११ बर्ष अगाडि

नेपालले जे–जे राजनीतिक लाभ प्राप्त गर्‍यो, नेपालीले जे–जे प्राप्त गरे र उनीहरू जति खुसी भए, हामी पनि त्यति नै खुसी छौं। म पनि नेपालको एक नातेदार र शुभचिन्तक हुनुको नाताले बेखुस छैन। तर, नेपालीहरूकै एउटा पक्ष असन्तुष्ट रहेका वेला म पूर्ण रूपमा कसरी प्रशन्न हुनसक्छु। किनभने नेपालमा नयाँ संविधान जारी भएपछि तनाव सुरु भएको छ। अधिकतम जनता असन्तुष्ट छन् भन्ने खबर आइरहेको छ। दिल्लीमा बसेर यसको यथार्थ थाहा नहोला तर एउटा अंश त सही हो कि नेपालको दक्षिण क्षेत्र तनावग्रस्त छ। संविधानको विरोध भएको छ। मानिसको ज्यान गएको छ।

त्यसकारण हामी खुसी रहनुपर्ने माहोल छैन। नेपालीहरूले आफ्नो घर शान्त पार्नुस्, समस्याको समाधान गर्नुस्। नेपालीसँग मिलेर हामी पनि खुसियाली मनाउँला। यसमा के समस्या छ र!