Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चुरे घाचबाट बनाइने नदी जोड परियोजना–१

०५ बिहिबार , माघ २०७९२ बर्ष अगाडि

साध्यबहादुर भण्डारी - -
नेपालको आर्थिक संरचना अव कसरी विकास गर्ने र नेपाल राष्ट्रको भावि लक्ष्य निर्धारण गर्नको लागि छिमेकीहरू सँगको मैत्रीपूर्ण सम्बन्ध, सम्पूर्ण नेपाली जनताको मनोविज्ञान, भावि सन्ततीको आकांक्षा र नेपाल राष्ट्रको उत्पत्ति तथा विकासले भविष्यको गन्तव्य निर्धारण गर्दा ‘समाजवाद उन्मुख’ हुनेछ भन्ने कुरा संविधानले नै किटान गरेको छ । समाजवादका जगहरू निर्माण गर्नका लागि सबै भन्दा पहिलो सर्त सार्वभौम राष्ट्रिय अर्थतन्त्रको विकास हुनु पर्दछ । अर्थतन्त्र कुनै पनि समाजको घर भित्र पस्ने ढोका हो । त्यो तात्कालिक समाजको उत्पादन प्रणालीसँग गाँसिएको हुन्छ । त्यसै कारण समाजको व्याख्या गर्दा पहिलो हामी आदिम समाज, दास युग, सामन्ती युग, पूँजीवादी युग र त्यसपछि मात्रै हामी समाजवादको परिकल्पना गर्न सक्दछाँै । त्यसको विश्लेषण गर्दा विकासहरूको आयाम निर्धारण गर्न त्यो समाज कुन खालको परिवेशबाट विकास भएको छ र कस्तो खालको सामाजिक अन्तरविरोधले जन्माएका संघर्षका आयामहरूद्वारा कुन–कुन वर्ग के कसरी उत्थान र पतन भएका छन् हामीले त्यो मनोविज्ञानलाई गम्भिर भएर हेर्न‘ पर्दछ । अहिलेको नेपाली समाज सामन्ती उत्पादनसँग पूर्णतः सम्बन्धविच्छेद नगरिसकेको र समाजवाद उन्मुख दिशा समात्नको लागि राष्ट्रिय सार्वभौम अर्थतन्त्रको जग नबसेको सोझै यस्तो अवस्थामा दलाल पूँजीवादी अर्थतन्त्रले नेतृत्व गर्न पुगेको अवस्था हो । विगतमा दलाल पूँजीवाद सामन्तवादसँग सुमधुर सम्बन्ध गाँसेर राज्यसत्तामा पकड जमाइसकेको हुनाले र त्यसलाई संरक्षण गर्न नोकरशाही पूँजीवाद दत्तचित्त भएर लागेको अवस्थाबाट नेपाली समाज आएको हो र अर्थतन्त्रले पनि सोहि अनुसार निर्देशित भएको हुन्छ अब अहिले सामन्तवाद अवशेषको रुपमा रहेको, दलालपूँजीवाद नेतृत्वमा रहेको र नोकरशाही पूँजीवादले त्यो दुवै शक्तिसँग पुलको काम गरिरहेको हुनाले जतिसुकै राम्रा र युगान्तकारी संघर्ष भएतापनि त्यसको लाभ जनता कत्तिपनि जनमुखी नभइकन निराशा छोड्ने गरेको छ । अब त्यसको लागि सामन्ती उत्पादन प्रणालीका जगहरू भत्काउँदै राष्ट्रिय पूँजीवादको जग हाल्ने र साम्राज्यवाद तथा भारतीय एकाधिकार पूँजीवादबाट जनतालाई उन्मुक्ति दिने खालको हुनु पर्दछ भन्ने कुरामा कुनै दुई मत छैन । उपरोक्त आर्थिक प्रणाली विकास गर्नको लागि हामीले सम्भव भएसम्म हाम्रो श्रम, सीप र नेपाली जनताको आफ्नो बलबुता बर्कतबाट उपरोक्त लक्ष्य हासिल गर्न‘पर्दछ । अहिलेसम्म विगतमा सामन्तवादी राज्य प्रणाली भएकोले उत्पादनका सबै इकाइ र साधनहरू सामन्तवादी उत्पादन प्रणालीसँग गाँसिएको थियो । त्यसलाई सुस्त सुस्त ढंगले आन्दोलनबाट परास्त गर्दै लगिएकोमा नयाँ खालको राज्य प्रणाली विकास गर्दा परिवर्तनका आयामहरूबाट विकृत पूँजीवादी अर्थतन्त्रमा आधारित वा साम्राज्यवाद र एकाधिकार पूँजीवाद (दलाल पूँजीवाद) उन्मुख अर्थतन्त्रले आफ्नो पञ्जा फिँजायो र त्यसबाट उन्मुक्ति दिनसक्ने स्थिती रहेन ।
वर्तमान अवस्थामा २०७४ सालपछि गठन भएको सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’को परिकल्पना त ग¥यो तर ती के–के चीजबाट हाँसिल गर्न‘ पर्दछ भन्ने कुरामा अहिले पनि बहस र छलफल नै भइरहेका छन् । कृषिलाई बैज्ञानिकरण, आधुनिकरण र यान्त्रिकरण गरी बजारीकरण गर्न‘ यो एउटा माध्यम बन्न सक्दछ । त्यस्तै जडिबुटिको अन्वेषण, विकास र प्रशोधन गरी बजारीकरण अर्को एउटा आयाम बन्न सक्दछ । छिमेकी मित्रराष्ट्रहरूको जलस्रोतको सित्तैमा दोहन गर्ने नीति रहेको र जलस्रोतको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने हाम्रो नीतिको बीचमा चरम अन्तर विरोध चलिरहेको छ । यो हाम्रो विकासको तेस्रो आयाम बन्न सक्दछ । खानी, खनीज र रसायनको भरपुर मात्रामा उत्खनन् गरी त्यसबाट उद्योग धन्दाको विकास र बजारीकरण अर्को हाम्रो लागि चौथो आयाम बन्न सक्दछ । त्यस्तै आधुनिक रुपमा पर्यटनको समुचित विकास गर्न सक्दा पनि मुलुकलाई समृद्धिको नयाँ गोरेटो तर्फ अभिप्रेरित गर्न सक्दछौँ तर यी सबै आयामको बारेमा चर्चालाई कायम राख्दै हामी अहिले कृषिमा केन्द्रित हुने गरी नेपालको तराइको घाँचबाट नहर प्रणालीलाई विकास गरेर नै यी सबै चीजको लागि ढोका खोल्न सक्छ भन्ने यो अवधारणा केन्द्रित गरिएको छ ।
प्रारम्भः
नेपालमा पानी जहाज अप्रिल ७, २०१८ मा नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण हुँदा भारतीय प्रधानमन्त्री र नेपालको प्रधानमन्त्रीको बीचमा भएको संयुक्त वक्तव्यमा आन्तरिक जलमार्गको विकास गर्ने कुरा उठाइएको थियो । सोहि कुरालाई मध्यनजर गर्दै जुलाई १५–१६, २०१८ मा आन्तरिक जलमार्गको सवालमा नेपाल र भारतको उच्चस्तरीय अधिकारीहरूको बीचमा संयुक्त बैठक भयो र सोहि बैठक पछि चर्चामा रहेको जलमार्गको पहिचान गर्ने त्यसको लागि पानी जहाज कार्यालयको समेत स्थापना भएको थियो । नेपालको पानीलाई सदुपयोग गर्दा अव हामीले एकल उद्देश्य र साँघुरो सोचबाट नसोची बहुउद्देश्यीयढंगले सम्पूर्ण नेपाली जनता, छिमेकीहरूसँगको लाभको बाँडफाँड र वातावरणीय प्रभावलाई समेत मध्यनजर गरी परियोजनाहरू लक्षित गर्न‘पर्दछ । त्यसो गर्दा नेपालका उत्तरतिरबाट दक्षिणतर्फ बग्ने सबै नदीहरूलाई आबद्ध गरी योजनाबद्ध ढंगले पानीलाई सदुपयोग गरेको खण्डमा पूर्वदेखि पश्चिमसम्म ९३८ कि.मि. भित्र हामीले पानी जहाज सजिलै गरी चलाउन सकिन्छ त्यति मात्रै होइन, पानीको बहुमुखी उपयोगमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ । त्यसो गर्दा त्यसले जनताको विशाल हिस्सा एकातिर लाभान्वित हुन्छन् भने अर्कोतिर राष्ट्रिय आयमा नसोचिएको आर्थिक उन्नती हासिल गर्न सकिन्छ । हामीले पनि पानी जहाजलाई मात्र नहेरी त्यसबाट हुने बहुपक्षीय लाभको लागि पनि २ वर्षदेखि अध्ययन, मनन, चर्चा, परिचर्चा, बहस र छलफल हुँदै आएको छ । हामी सबैलाई जानकारी भएको कुरा के हो भने हाम्रो देशको आम्दानीको ठूलो हिस्सा खाडी मुलुकबाट प्राप्त हुने पेट्रोलियम पदार्थको लागि खर्च हुँदै आएको छ । स्थलमार्गबाट हुने ढुवानी र जलमार्गबाट हुने ढुवानीको तुलना गर्दा जलमार्ग २० गुणासम्म सस्तो पर्न आउँछ । त्यसैले बहुउद्देश्यीय हितको लागि ती नदीहरू आवद्धता गर्दा पूर्व पश्चिम नहर प्रणालीलाई बहुउद्देश्यीय अवधारणा बनाउन उपयुक्त हुने देखेका छौँ । यसको सम्भावना, उपयोगिता र सम्भाव्य अवरोधबारे पनि हामीले अव व्यापक चर्चा परिचर्चा गर्न‘पर्ने आवश्यकता भएको छ । मुलुकभित्र करिब २ वर्षदेखि हामी यसको सम्भावना बारे विभिन्न कोण र पक्षहरूसँग छलफल गरी त्यसको निष्कर्षलाई सम्माननीय राष्ट्रपतिको कार्यालयमा समेत व्यापक परिचर्चा सहित प्रस्तुत गरेका थियौँ । त्यसलाई लिपिबद्ध रुपमा बरिष्ठ इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र बरिष्ठ सीमाविद् पुण्यप्रसाद ओलीले गर्न‘ भएको छ । त्यस मध्येका अम्बिकाप्रसाद अधिकारी, केशवप्रसाद भट्टराई, ओमबहादुर राउत, शिव गौतम र डा. केशव शर्माले अमेरिकाबाट समेत पर्याप्त चर्चा गर्न‘भएको छ । मुलुकलाई यस परियोजनाले तरङ्गित पनि गरेको छ । यसको हामीले सकारात्मक रुपमा नै लिनु पर्दछ । त्यसो गर्दा हामीले सिंगो तराईलाई २ खण्डमा विभाजन गरी गर्नु उपयुक्त ठानेका छौँ । 
तात्कालिन प्रधानमन्त्री केपी ओलीले पानी जहाजको कुरा ल्याउँदा धेरैले नकारात्मक टिप्पणी गरेका थिए । तर हामीले यसलाई सकारात्मक रूपमा लियौँ र सम्भावनाको खोजीतिर लाग्यौँ । हामी निष्कर्ष केमा पुग्यौँ भने नेपालको चुरे पहाड र तराईलाई जोड्ने फेदीबाट उत्तरतर्फबाट दक्षिण बग्ने सबै नदीहरूलाई आबद्ध गरी नहर प्रणालीमा विकास गर्न सकिएको खण्डमा देशभित्रैबाट पानी जहाज चलाउन र उक्त पानीको उपयोग अन्य क्षेत्रमा पर्याप्त गर्न सकिने निष्कर्षमा पुग्याँै ।
सम्भावनाको खोजीः
धेरै मानिसको मन र मस्तिष्कमा गढेको तर निष्कर्षमा पु¥याउनको लागि कतैबाट पनि पहल नभएको, यस भन्दा अगाडिका सरकारको तर्फबाट त निरपेक्ष ढङ्गले कुनै ज्ञान नै नभए जस्तो गरी पन्छ्याइएको र २०१३ सालदेखि शुरु भएको योजनाबद्ध विकासको आयाममा समेत यसलाई कतैबाट पनि प्रवेश गर्न नदिएर छुट्याएर पन्छ्याइएको हुँदा म्ूलतः यो विषय सम्भावनाको कोणबाट नै पहिले विवेचना गर्न‘ पर्दछ । ठूला–ठूला नहर प्रणाली बनाएका विश्वका पर्याप्त अनुभवहरू हुँदाहुँदै र हाम्रा सबै नदीहरू एकोहोरो ढंगले उत्तरबाट दक्षिण तर्फ बग्ने अत्यन्तै सजिलो सुगम र पर्याप्त सम्भावना हुँदा हुँदै यो विषयमा राज्यले चासो नदिने एउटा अत्यन्त दुःखद् क्षण हो भन्ने लाग्दछ । सम्पन्नता र समृद्धिको विशाल घैँटो पेटमा राखेर दरिद्र हात फैलाउँदै विश्वको अगाडि निमुखा झैँ भएर आफ्नो दरिद्रताको व्याख्या गर्ने विगतको सरकारको जति आलोचना गरे पनि पर्याप्त हुने छैन । त्यसभित्र लघुताभाष र छिमेकीहरू सँग दब्ने तथा राष्ट्रिय समृद्धिको लागि अत्यन्तै दरिद्र चिन्तन बोकेका राजनैतिक व्यक्तिको सत्तामा पहुँच हुनु र विदेशीहरूको हित अनुकुल काम गर्ने कर्मचारी (व्यूरोक्रेसी) को जालो नै मुलुकमा समृद्धिको बाधक हो भन्ने कुरा प्रष्ट देख्न सकिन्छ । यसको लागि सर्वप्रथम चाहिने राजनैतिक इच्छाशक्ति, त्यसप्रतिको लगाव र अडान प्रमुख हुन आउँछ । राजनैतिक इच्छाशक्तिले गर्दा नै विगतको राम्राज्यवादीहरूले लुछाचुडी गरेर टाट उल्टाइएको र अफिम खाएर झुल्ने चिनीयाँहरूलाई हामीले हेर्न सक्दछौँ । साम्राज्यवादीहरूलाई परास्त गर्ने तहमा कोरियालीहरू कसरी पुगे भन्ने कुरा पनि हाम्रो लागि नमुना बन्न सक्दछ । एकजना व्यक्तिको दृढता र अडानले मलेसिया र सिंगापुर कसरी बने भन्ने कुरा सिक्न सकिन्छ । २०२२ को ओलम्पिक खेलको लागि कतारले त मरुभूमिलाई बदलेर वातावरण अनुकुल शहर निर्माण गर्दै छ भन्ने कुरा पनि हामीले हेक्का राख्नु पर्दछ । राजनैतिक इच्छाशक्तिले त कयौँ असम्भव कामहरूलाई सम्भव तुल्याएको छ । आधुनिक दुवइबाट हामीले प्रसस्त सिक्ने ठाउँहरू छन् । ठूला ठूला असम्भव जस्ता देखिने कामहरू पनि सम्भव र सम्पन्न भएका छन् ।
पानीको महत्वः...क्रमस...