Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पहिलो निम्तो बंगलादेशको

०२ सोमबार , माघ २०७९२ बर्ष अगाडि

 काठमाडौं । प्रधानमन्त्री नियुक्त हुनसाथ भारतीय राजदूतले बधाई दिए । त्यसकोलगत्तै भारतका प्रधानमन्त्री कोदीले शुभकामना दिएका छन् । प्रधानमन्त्रीले भारतीय सञ्चार एबीपीलाई—हिन्दीमा अन्तर्वार्ता दिएर आफ्नो जात जनाए । नेपालीमा दिएको भए चाहिनेले अनुवाद गरिहाल्थे, प्रचण्डले त्यसो किन गरेनन् ? यो अन्तर्वार्तामा हतारिएर पहिलो भ्रमण दिल्लीतिरै हुन्छ भन्नु आवश्यक थिएन । भने । स्मरणरहोस्, मनमोहन अधिकारीअन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पहिले डेनमार्क गएको हो, प्रचण्डले हेक्का राखेनन् ।
तर बधाई दिने क्रममा बंगलादेशले भ्रमणको निम्तो दियो । यो नै पहिलो औपचारिक निम्तो पनि हो । के अब प्रधानमन्त्री पहिले भारत जालान् कि बंगलादेश । भारतको भ्रमणको निम्तो अझै पनि आइसकेको छैन । प्रचण्डले भारतको इसारा कति पर्खने ?
र, नेपाली भूमिमा भारतीय बजेट...
लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको अविभाज्य भूभाग हो । तर भारतले यी भूभागमा आफ्नो पकड बलियो बनाउने भारतको भौतिक–सांस्कृतिक–पर्यटनको विकासका निम्ति भनेर एक अर्बभन्दा बढी लगानी गर्न बजेट छुट्याएको छ । यो थाहा पाएर पनि हाम्रो सरकार र सांसद चुपचाप छन् । यति हेपाइ पनि सहेर बस्ने यी कस्ता नेता ?
चुनावका बेलामा यी नेताहरूले राष्ट्रलाई जुरुक्कै बोक्ने, अराष्ट्रियहरूलाई आलोचना गरेर जनतामा नङ्ग्याउनेजस्ता वचन दिएका थिए । आज संसद र सरकारमा पुगेपछि यिनै नेताले आफ्नो जिब्रो तालुमा टाँसेको देखियो, मोनता धारण गरेको देखियो ।