मञ्जिला अनिल–
पृथ्वीनारायण शाहले भूगोलको एकीकरणमात्र गरेका हैनन्, नेपालको विदेशनीतिका अधिष्ठान समेत गरेका थिए । प्रशासनमा निजामतीको सुरूआत गर्ने उनै हुन् । विदेशी राष्ट्रिय दिवसमा भोज खान जानेहरूले होस् गरून्– पुस २७ गते नेपालको राष्ट्रियता र एकता दिवस हो ।
नेपाल र नेपालीको लागि निकै ठूलो महत्व राख्ने गोरखा शहर, गुरू गोरखनाथको गुफासहितको मूर्ति अनि नेपाल एकिकरणमा महत्वपूर्ण योगदान पु¥याउनु भएका राजा पृथ्वीनारायण शाहको जन्म ऐतिहासिक गोरखा दरवारमा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको गर्भवाट भएको थियो ! गुरू गोरखनाथकै नामबाट गोर्खा राज्यको नाम रहन गएजस्तै यिनैको प्रेरणाबाट नै पृथ्वीनारायणलाई एकीकरणको मार्ग दर्शन मिलेको देखिन्छ !
नेपालको एकीकरण प्राचीन हिमालय क्षेत्रमै चौबीसी गोरखा राज्यको पृथ्वीनारायण शाहको नेतृत्वले अगुवाइ गरेको सैनिक अभियान थियो ! राजा पृथ्वीनारायण तथा उनका वंशज एवं विभिन्न गोर्खाली भारदारहरूले पश्चिमा वर्तमान हिमान्चल प्रदेशको सतलज नदी देखि सिक्किम सम्मका भूभागहरू विजय गरेको थिए ! वि सं १८०१ मा भएको नुवाकोट युध्ददेखि विं स १८६१ भएको काँगडा युध्दसम्म नेपाल एकीकरण भन्नुपर्ने हुन्छ ! यसरी भएको सैनिक अभियान गोर्खा विस्तार नभै नेपालकै एकीकरण अगाडि बढेको देखिन्छ ! एकीकरणको नाम लिदै गर्र्दा उहाँको नाम कुशल एक सैनिक नेतृत्व र सफल शासक का रूपमा लिनुपर्छ साथै एक दूरदर्शिता बोकेका रणनीतिज्ञ रूपमा पनि ! यही सफल नीतिका साथै उनको एकीकरण अभियान अघि बढ्दै बढ्दै गएको थियो !
निश्चितै एकीकरण अभियानको दौरानमा उनले सोचेको जस्तै, अपनाउन खोजेको जस्तै सबै रणनीति सफल हुन सकेनन् ! केही सफल, केही आंशिकं रूपमा सफल त केही असफल हुन गए तर एकीकरणको अभियान भने पूर्ण सफल भएको देखिन्छ !
अझै पनि नेपालको राष्ट्रिय सुरक्षाको सन्दर्भमा राष्ट्रियता अक्षुण्ण राख्नका लागि महानायक नेपाल निर्माताको महावाणी उपयोगी र मार्गदर्शक बनेका छन् !
राष्ट्रनिर्माताले बाहुन, खस, मगर, ठकुरी र गुरूङलाई सेना बनाए तर एकजाती बनाएनन् ! क्षमता र अनुभवलाई आधार मान्दै मुसलमान र दलित समेत समावेश गराए !
यसरी असाध्यै गम्भीर र असाधारण ब्यक्तित्व यिनले अलिकति कौटिल्य मार्ग अनुसरण गरेको उनको बनारस बसाइँबाट प्रष्ट हुन्छ भने कुटनैतिक र गुप्तचरीलाई निकै महत्व दिएको देखिन्छ । सेना (दण्ड) र अर्थतन्त्र (कोष) साथै जनता (जनपद) राज्यको सर्वाधिक मानेर (सप्ताङ्ग )सिध्दान्त अङ्गिकार गरेको समेत भेटिन्छ ! केही उदाहरणका रूपमा–
१. पृथ्वी नारायण शाहको शासन आउनु भन्दा पहिला नेपाल विना राज्यको नाम थियो । ‘नेपाल’ नाम त थियो तर राज्य थिएन ।
२. मल्ल राजाहरूको समयमा कान्तिपुर, ललितपुर, भक्तपुर र बनेपा स्वतन्त्र राज्य थिए र सोही बमोजिम राजाहरू थिए ।
३. नेपाल राज्यको अस्तित्व समाप्त भैसकेको थियो, त्यसैले राजा कोही थिएनन् ।
४. पृथ्वीनारायणको उदय नभएको भए आजको नेपाल नै रहँदैनथ्यो र उतिबेलै लोप भइसकेको हुने थियो । अंग्रेजको हुकुमतमा बिलय भइसकेको हुनेथियो ।
५. विधर्मी विदेशीलाई उनले नधपाएको भए यहाँको कला, धर्म र संस्कृतिको पनि रक्षा हुँदैनथ्यो किनिकि मल्ल राज्यहरूमा बिदेशी प्रभाव बढ्न थालिसकेको थियो ।
६. उनको उदय पछि कान्तिपुर, ललितपुर, भक्तपुर जस्ता ‘स्वतन्त्र राज्य’ लोप भए ; र गोर्खाले विजय हासिल गरेका बाइसे चौविसे राज्यहरू समेतको विशाल नेपाल बन्यो ।
७. पृथ्वीनारायण शाहले एकीकरण मात्र हैन नेपाल राज्यको ’निर्माण’ गरेका हुन् ।
८. त्यसैले पृथ्वीनारायण शाह ‘राष्ट्र निर्माता’ हुन् ।
९. देश निर्माण गर्ने, राष्ट्रिय पहिचान दिने र साम्राज्यवादी फिरंगीबाट देश वचाएर विश्वसामु नेपाली गौरव स्थापित गर्ने महान् व्यक्तिलाई श्रद्धापूर्वक स्मरण गर्नु नेपाली हौँ भन्ने हामी सबैको कर्तव्य हो । पृथ्वी जयन्ती गौरवको दिन हो ।
‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यताका साथ मनाऔं !
शाहवंशीय राजाहरूको अतिसय गुण नेपाल र नेपालीमाथि छ । उनका छोरा बहादुर शाहले त अझ तीन दोब्बर बिस्तार गरे ! पछिल्लो पुस्ता त्रिभुवनले पनि जसरी पनि जहाँनिया शाशन अन्त्य गराउन सफल भएका थिए ! विश्वको ईतिहासमा सत्ताच्युत भएरै पनि देश नत्यागेको ईतिहास ज्ञानेन्द्र बन्दै नै छन् ! यस्ता पुर्खा र अभिभावकलाई सम्मान पूर्वक सम्झनै पर्छ ! राष्ट्रिय एकताको रूपमा मनाउँदै नेपाली हुनुको गौरव गरौं ।