पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको द्यच्क्ष् अन्तर्गतको एक्जिम वैकवाट लिएको २१५ मिलियन अमेरिकी डलरवाट वनेको हो । यस रकममा २५% अर्थात ५४ मिलिय अमेरिकी डलर भन्दा वढी अनुदान चीनले दिएको छ । ७ वर्ष सम्म साउ र ब्याज तिर्नु पर्दैन । विश्व वैकवाट ऋण लिदा १% ब्याज भए पनि धेरै शर्तहरू हुन्छन् । सरकारको अर्थ नीति नै उसले नियन्त्रणमा लिन्छ । जे उसले भन्यो त्यो गर्नैपर्छ । एउटा उदाहरण पञ्चायत गएर वहुदल ब्यवस्था आउन साथ विश्व वैकले अनुदानमा आएका उद्योगलाई निजीकरण गर भन्यो । कथित निजीकरण गर्ने क्रममा दर्जनौं उद्योगहरू कौडिको भाउमा वेचिए । विश्व वैकका काम गरिसकेका काङ्ग्रेसका अर्थमन्त्रीहरूले शेयर वेचेरपनि चल्नसक्ने उद्योगहरू सदाको लागि वेचियो । विश्व वैकको रिण नलिनेमा भारत पनि एउटा देश हो । बरू उसले चीनको ब्कष्बल क्ष्लाचबकतचगअतगचभ क्ष्लखभकतmभलत द्यबलप (ब्क्ष्क्ष्द्य) वाट दशौ अरव अमेरिकी डलर ऋण लियो । हामी पनि ऋिण लिन सक्थेम् तर विश्व वैकले रोकेर नेपालले लिएन ।
एकथरी देशहरू विश्व वैकको ऋणलाई पासो भन्दा पनि खतरा ठान्छन् ।
(नोट ः चिनियाँ कार्यबाहक राजदूतले जे भने चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीको पनि उस्तै विचार । तर सरकार भन्छ– यो ऋणमा बनेको हो ।)