Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

विदेशीले मध्यावधि गराउन सक्छन्

२५ सोमबार , पौष २०७९२ बर्ष अगाडि

भरत दाहाल, राजनीतिक विश्लेषक - 
पश्चिमाहरूले प्रधानमन्त्री पद मात्र होईन राष्ट्रपति र सभामुख सहित सेटमैं आफु अनुकूलको संरचना खोजिरहेका छन् । सभामुखका कारणले ःऋऋ अनुमोदनमा २ बर्षभन्दा बढी ढिलाई भएको र विदेशीलाई नागरिकता दिलाउन तयार पारिएको अध्यादेश राष्ट्रपतीबाट रोकिएको अनुभवलाई हेरेर त्यस्तो समस्या भोली नदोहरिने गरी चलखेल भैरहेको छ ।

एमसीसी पारित भैसकेपछि अमेरिकालाई जसरी पनि नेपालमा सेना उतार्नु परेको छ । क्एए बद्नाम र्भपछि अमेरिकी सेना ल्याउने बाटो खुल्न सकेको छैन । त्यही क्एए लाई स्वीकृथत गरेर वा अर्को यस्तै खालको संझौता गराएर अमेरिकी सेना हुल्ने योजनाले नै अपराधि दलालहरूको नाटक भैरहेको छ ।
पश्चिमाहरूले चाहेको जस्तो सरकार बन्न सकेन भने के हुन्छ ? यसको एउटै जबाफ हो, मध्यावधि चुनावको घोषणा । संविधान र कानूनको आडमा सजिलोसंग काम अघी बढाउने माध्यम सरकार नै हो । यसो नहुँदा मध्यावधी चुनावको घोषणा गर्न लगाएर अराजकता, द्वन्द, हत्याहिंसा फैलाउने र धमिलोमा हात बलियो बनाउने दोश्रो विकल्पमा पनि विदेशीहरू खेलिरहेका छन् ।