काठमाडौं । प्रचण्डले भनेका छन्– बाँकी जीवन देश र जनताका लागि खर्च गर्छु । अहा कति राम्रो विचार आयो पहिलोपल्ट ।
उनले दौरा, सुरूवाल, टोपीमा सपथ खाए, ज्योतिषलाई साइत हेराएर बालुवाटार प्रवेश गरे । आधारात अर्थात रातको साँढे बाह्र बजे दक्षिणकाली गएर पूजा गरे । जनयुद्धपछिको यो अध्यात्म विश्वास असाध्यै उत्तम छ । मान्छे जब अध्यात्ममा लाग्छ, उसले कुकर्म, पाप गर्दैन ।
हिन्दुधर्म आफ्नै धर्म, आफ्नै सस्कृति हो । यसमा कसैले थाहा पाउलान् कि भनेर लाज मान्नु पर्दैन । पुस २७ गते एकता दिवस मानिसकेपछि अब नेपाललाई हिन्दुराष्ट्र कायम गरे प्रचण्डको वाहवाही हुनेछ ।