काठमाडौं । अमेरिकी एक डलरको खरिद १३२ र बिक्री झण्डै १३३ भइसक्यो । युरो, रियाल, पाउण्डलगायतका अन्य मुलुकका करेन्सीका दाँजोमा नेपाली रूपैयाँको सटही दर पनि कमजोर हुँदै गएको छ । किन नेपाली रूपैयाँको यसरी अवमूल्यन हुँदै गएको हो ? के नेपाल टाट पल्टदै गएको हो त ? हिजोमात्र सरकारले भन्यो, नेपालको वैदेशिक ऋणभार २१ खर्ब नाघेको छ ।
वैदेशिक ऋणभार बढ्ने, आयातमुखी अर्थतन्त्रका कारण व्यापारघाटा बजेटको आकारको हाराहारीमा पुग्ने, वैदेशिक ऋणले कर्मचारीको तलव दिनुपर्ने स्थिति भनेको भयावह अवस्था हो । यो समयमा अर्थविद, विज्ञहरूले कसरी आर्थिक संकट टार्न सकिन्छ, संकट करेक्शन गर्न सकिन्छ भनेर सुझाव दिनुपर्ने होइन ?