काठमाडौं । सडकमा चम्किदै भाषण गर्ने रवि लामिछानेले भनेका थिए– भ्रष्टाचारीको फÞाईल खोलिन्छ, सबैलाई जेल कोचिन्छ । रवि लामिछाने गृहमन्त्री भए, अब उनले कुन कुन भ्रष्टाचारको फाइल खोल्लान्, भ्रष्टलाई जेल हाल्लान् ?
बालुवाटार जग्गा, वाइडबडी जहाज, सुन, क्यान्टोनमेन्टको ३३ अर्व, बुढी गण्डकीको ९ अर्व, महालेखाले बेरुजु देखाएका र भ्रष्टाचार भएको भनेर तोकेका कुन कुन फाइल खोल्लान रविले ?
सडकमा हुँदा सोझा जनतालाई आश्वासन दिएर वाहवाहीपछि जनादेश जितेका रवि लामिछानेको राजनीतिक भविष्य निर्मला बलात्कार र हत्याकाण्डदेखि भ्रष्टाचारमा छानबिन हुनेसम्मका विषयमा निर्भर हुनपुगेको छ । रविले अकूत सम्पत्ति जोड्ने पूर्व प्रशासक, संवैधानिक निकायप्रमुखदेखि सुरक्षा निकायका पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्ने वातावरण मिलाए भने उनी र उनीजस्ता युवाले राजनीतिमा जग हाल्नेछन् ।