काठमाडौं । कांग्रेस राष्ट्रपति, प्रधानमन्त्री छाड्न नसक्ने भन्दै थियो, अकस्मात् प्रचण्ड रन्किएर बालकोटतिर लागे । यसअघि नै भारतका एन.एस.ए प्रमुख अजित डोवाल र रअ प्रमुख सामन्त गोयल काठमाडौंमा उत्रिसकेका थिए । नभन्दै ओलीले समर्थन जुटाइदिए, प्रचण्ड प्रधानमन्त्री बन्न सफल भए ।
स्याल कराउनु र कुखुरा हराउनु एकेपटक भएको होइन भने प्रचण्ड प्रधानमन्त्री बन्नुमा यो जोडीको निकै ठूलो सहयोग र साथ रहेको देखिन्छ । अन्यथा २७५ सिटे संसदमा ३२ सिटे पार्टी प्रमुखले कसरी प्रधानमन्त्री बन्न सक्छन् ? अचम्म ।