सुरेशकुमार पान्डे - -
हो ! आज जनताको ओंठमा झुण्डिएको प्रश्न पनि यही हो ।
देशभित्र बालख देखी बृद्धासम्मका कुनैपनि व्यक्ती असहाय असक्त रोगी छन्, वा गम्भिर रोग लाग्यो उस्को अभिभावक उपचार गराउन असमर्थ हुन्छन्, उस्को जायजेथाले पुग्दैन । त्यस्तो व्यक्तिलाई पनि राज्यले हेर्न सक्दैन भने उस्को लागी त्यो देश के काम लाग्यो, त्यो व्यवस्था केकाम लाग्यो ? अहिले मात्र होइन बर्षौं देखुन यस्तै अवस्था छ ।
यस्ता असहाय व्यक्ति कुनै मिडियामा आयो भने वा कुनै सामाजिक संगठनको नजरमा आयो भने चन्दा सङ्कलन गरेर उपचार गरिन्छ । यो काममा प्रवाशी नेपालीहरूको ठूलो योगदान छ । भारत लगायत बिभिन्न तेस्रो मुलुकमा गएर परिश्रम गरेका श्रमजीवीहरूले आफ्नो परिश्रमको केही हिस्सा यस्तै कामको लागी खर्चिन्छन् । त्यो मात्रै होइन भारतीय भुमिमा मजदुरी गर्न गएका श्रमजीवीहरूले सन १९७९ देखुन लगातार संगठन बनाएर भारत स्थित नेपालीको अभिभावकीय भूमीका निर्वाह गर्दै आएको छ । तर सरकारले मर्दा पर्दा दुखबिमारीमा यस्ता असहायहरूलाई आफ्नो सहयोगमा उपचार गरेको देखिंदैन । मन्त्री सांसदहरू उनीहरूका आसेपासेहरूलाई उपचार खर्च राज्यले बहन गरेको छ ।
एउटा गरिब सानो देशमा ७ सय ६१ सरकारको भत्ता तलब र पेन्सनमा देशको ढुकुटीले नपुगेर बिदेशी अनुदान वा ऋणका लागी हात पसार्ने काम गर्दै आएका छन् । देशको आयश्रोत नेपालीको रेमिटेन्स र जनतामा लगाएको कर हो अर्को खासै ठूलो आयश्रोत छैन । भ्रष्टचार महंगीले आकास छोएकोछ ।
देशका नागरिकहरूले न्याय पाउन समेत कुनै ठुला पार्टीका नेताहरूको अगाडी गिडगिडाउँनुपर्छ । देशभित्र रोजगार मिल्दैन, खान र लगाउलनकै लागी बिदेशीहरूको गुलामी गर्नुपर्छ । अहिले त देशमा बिदेशीहरू कै चलखेल बढी भयो । दोकानदार बिदेशी, समान बिदेशबाट आएको देख्दा देश डरलाग्दो दुर्घट्नामा पर्ने अवस्था छ । सोसल मिडियामा कतिपय किशोरहरू विदेश जानकै लागी आफ्नो उमेर बढाएर बिदेश जानथालेको फोटाहरू आएका छन् । बिभिन्न बुद्धिजीवीहरू पाठक वर्गहरूका तर्कहरू आएका छन् तर मूलदोषी व्यवस्था भन्न सकेनन् ।
जब घरमा कमाउने अरू कोही हुंदैनन् खर्च बढ्छ, यस्तै नावालिकहरूको काँधमा जिम्मेवारी आउँछ, बृद्धा बिमार भए उपचार गर्नैपर्छ, मरेको भए उनिहरूले लगाएको ऋण तिर्ने, भाई बहिनाहरूको हेरचाह गर्ने समस्याले घर, देश छाडेर विदेश पस्न बाध्य हुन्छन् ।
आखिर उनिहरूले देश नै छाड्नु किन प¥यो ? कारण कोही खोज्दैनन् । दलितहरू माथि कथित उच्च जातिको ज्यादतिकै कारण साम्राज्यवादले फालेको जालमा परेर धर्म परिवर्तन गर्दै आएका छन् । हाम्रो सन्तानको अनेकताकै कारण तिनलाई मौका मिलेको छ ।
अहिले देशको कमजोर अवस्थाको पनि सरकारलाई त ख्याल छैन । हाम्रो समाज समेत छुवाछुत जस्तो अपराधमा रमेको छ । पुरातनवादी सोच र व्यवहारलाई बदल्ने कुनै चासो जनप्रतिनिधिले पनि देखाएको देखिन्न । यो चालाले देश कसोगरी अखण्ड रहिरहन सक्छ ? निश्चित रूपमा साम्राज्यवादले हाम्रो देशभित्र आउने दिनमा धर्म सङ्कट सिर्जना गर्ने देखिन्छ । त्यस्को जिम्मेवार पनि हाम्रो समाजिक र राजनैतिक गतिबिधि, हाम्रो नेतृत्व बर्ग नै हुन् ।
अहिले हामीले भर्खर भोट दिएर चुनेका नेताहरूले बनाउने सरकार कस्को इसारामा चल्ने छ ? यी नेता हुन् कि प्यादामात्र ? यो देशको मालिक देशका जनता हुन् वा कुनै साम्राज्यवाद हो भन्ने कुरा त्यहाँबाट प्रष्ट हुनेछ ।
यो दिशभित्र विकास हुन नसकेको किन र कसका काराले हो ? के विकासका श्रोत र साधन यो देशभित्र छैनन् ? यस्को बारेमा गहन अध्ययन गरेर आम बुद्धिजीवीहरूले आफै बुझ्न सकिन्छ ।
देशभित्र नागरिकको सुविधाको लागी राज्यले कतै सार्वजनिक यातायात, अस्पताल र रोजगारको व्यवस्था किन गर्न सक्दैन ? किन झुठा आस्वासन बाँडेर भ्रमको खेती गरेर जनताहरूलाई उल्लु बनाउँछन् । यी यावत कुराहरूलाई जनताले समय रहँदै बुझ्नै पर्नेछ । नेताले बुझेनन्, जनताले नबुझी भएन ।