Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपति कस्तो हुनुपर्छ

११ सोमबार , पौष २०७९२ बर्ष अगाडि

राष्ट्रपति कस्तो हुनुपर्छ, पार्टीबाट कि बाहिरबाट ? प्रश्न उठेको छ । व्यापक बहस पनि चलिरहेकै छ । राष्ट्रपति बन्न चुनाव हारेका झलनाथदेखि चुनाव जितेका माधव नेपालसम्म, पूर्व प्रधानन्यायाधीशदेखि अमुक पार्टीका अनेक व्यक्तिहरूको नाम चर्चा गरिदैछ ।
आदर्श राष्ट्रपतिको खोजी भइरहेकै छ । तर पार्टीहरूलाई आदर्श होइन, आफ्नालागि सकारात्मक हुने राष्ट्रपति चाहिएको छ । अहिलेसम्म देखिएका राष्ट्रपति धन भएर लोभ गर्ने र लोभ भएर धन र आफन्तलाई पद दिलाउने भएका छन् । राष्ट्रपति देशको अभिभावक हुनुपर्ने, हुनसकेन ।
सकेजति लुड्याउने, सकेजति भागबण्डा लिने, तामझाममा लाग्ने, सामन्तीपन देखाउने राष्ट्रपति भए । मलाई सामान्य खाट, रूखासुखा दुई छाक भए हुन्छ, कुनै सुविधा चाहिन्न भन्ने १९५० देखि १९६२ सम्म भारतका पहिलो राष्ट्रपति बनेका राजेन्द्रप्रसाद जस्ता व्यक्ति देखिएनन् । राष्ट्रपति निर्माता शक्ति कठपुतली राष्ट्रपतिको खोजी गरिरहेका छन् । गर्व गर्न होइन, फेरि घृणा गर्ने खालका राष्ट्रपति बन्ने निश्चित देखिन्छ ।