काठमाडौं । राजसंस्थामाथि जेजस्तो आरोप लगाइयो अनि अवैध तरिकाले हटाइयो, ती आरोप पुष्टि गर्ने दायित्व ठूला दलहरूको हो । हिन्दुराष्ट्रलाई किन धर्मनिरपेक्ष घोषणा गरियो, यसको जवाफ पनि यिनैले दिनुपर्छ ।
संघीयता कुन जनताले मागेका थिए ? कति जनबल र कुन जनादेशले संघीयता लागू गरियो ? संघीयता देश र जनताका लागि सेताहात्तीसरह भयो, बिगत ५ वर्षमा उपलब्धिहीन देखियो । संविधान असफल भयो, पद्धति फेल भइसक्यो । अझै फुलबुट्टा भरेर समृद्ध नेपाल, सुखी नेपालीको सुगारटान गर्नुले असत्य सत्य सावित हुन्छ र ?
हिजोको संविधानले के दिएन र अहिलेको संविधानले थप के दियो ? सुधार गरेर जान सकिन्थ्यो भने किन विध्वंश मच्चाइयो ? विध्वंश गर्नेले के निर्माण ग¥यो ? एक एक सवालको जवाफ स्थापित पार्टी र नेताहरूले दिनुपर्छ । र, भन्नुपर्छ, हिजो राजसंस्था निरङ्कूश कि आजको नेतृत्व निरङ्कूश ? छातीमा हात राखेर बोल्नुपर्छ ।