काठमाडौं । इलाम १ बाट चुनाव लडेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले मतदान गरे, मतगणना समाप्त नहुन्जेल पछि लागे । जब उनले चुनाव हारे, अनि भन्नथाले– जित्ने एमालेका महेश बस्नेतले धाँधली गरे । स्मरणीय छ, झलनाथ खनाल सरकारवादी गठबन्धन, नेकपा सका उमेदवार थिए । चुनाव हारेपछि झलनाथ खनाल धाँधली सच्याइपाउन र पुनःमतदान होस् भनेर सर्वोच्च अदालत पुगेका छन् । उनको मुद्दा सिधै संवैधानिक अदालतमा दर्ता भएको छ ।
निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएको रिपोर्ट बुझाइसक्यो । यता खनाल भने प्रचण्डमार्फत राष्ट्रपति बन्नका लागि अर्को च्याँखे थाप्दैछन् ।