काठमाडौं । जनसम्पर्क बढी हुने जुनसुकै स्थानीयदेखि सरकारी अड्डाअदालतमा यस्तै सास्ती भोगिरहेका देखिन्छन् सर्वसाधारण । सवारीसाधनको कर होस् कि मालपोत, सिफारिस लिन होस् कि पासपोर्ट, श्रम स्वीकृति लिन वा राष्ट्रिय परिचयपत्र बनाउन, जता गए पनि यस्तै लाइन देखिन्छ । सुशासन दिन भन्छौं भन्ने जनप्रतिनिधिहरू सरकारलाई यो के गरेको भनेर प्रश्न उठाउँदैनन् ? कर तिर्न पनि यसरी ढुङ्गाले पालो राखेर कुर्छन् सर्वसाधारण । यसबाट जसले पनि भन्नसक्छ, नेपाल ५० वर्ष पछाडि नै बाँचिरहेको छ । जन प्रतिनिधि, केही त सुधार गर ।